‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’ « Khabarhub

‘जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका छन्’


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले जलवायु परिवर्तनले पुर्‍याएका असर विश्वमा गम्भीर चुनौतीका रूपमा देखापरेका बताएका छन् । 

शिक्षा दिप कलेज विराटनगर-१० द्वारा आइतबार आयोजित चौथो संस्करणको जलवायु सम्मेलनको उद्घाटन गर्दै उनले जलवायु परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्न तीनै तहका सरकार तथा आमजनताबीच सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।

विद्यार्थीले अनुसन्धान गरेको विषयलाई प्रदेश सरकारले आफ्नो प्राथमिकतामा पारेर आगामी दिनमा योजना निर्माण गर्ने वनमन्त्री पराजुलीले जानकारी दिइन् । 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा विजुकुमार थपलियाले विद्यार्थीले प्रस्तुत गरेको शोधहरू राम्रो अनुसन्धान हुनुका साथै यसले परिवर्तनबाट पर्ने असरलाई न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे । 

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले आगामी दिनमा अनुसन्धान कार्यलाई निरन्तरता दिन कलेजलाई आग्रह गरे । शिक्षा दीप कलेजका प्राचार्य ज्ञानबहादुर खड्काले जलवायु परिवर्तनले विश्वलाई भयावह अवस्था बनाएको बताए  । 

कलेजका कक्षा ११ को विज्ञान सङ्कायअन्तर्गत जीव विज्ञान विषयका ४५ विद्यार्थीले १० वटा समूह बनाएर  जलवायु परिवर्तनबाट पर्ने नकारात्मक प्रभावका सम्बन्धमा अनुसन्धान प्रस्तुत गरेका थिए । विद्यार्थीद्वारा प्रस्तुत विषयमाथि प्राडा शिवकुमार राई र सहप्राध्यापक कुलप्रसाद लिम्बूले मूल्याङ्कन गरेका थिए । 

थोरियम समूहले प्रस्तुत गरेको जलवायु परिवर्तनः कृषि र खाद्य सुरक्षासम्बन्धी प्रस्तुति सर्वोत्कृष्ट भएसँगै नगद रु ३० हजार पुरस्कार प्रदान गरिएका कलेजका निर्देशक रामचन्द्र अधिकारीले जानकारी दिए  । 

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ६ : ५० बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम