मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात « Khabarhub

मन्त्री सीता वादीको सम्पत्ति : २० कुखुरा र एउटा कुकुर, बैंकमा १५ लाख मौज्दात


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


825
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग नगद तथा बैंक मौज्दातदेखि लिएर घरपालुवा जनावरसम्म रहेको विवरण सार्वजनिक भएको छ । आइतबार सार्वजनिक गरिएको विवरण अनुसार मन्त्री वादीसँग २० वटा कुखुरा र एउटा कुकुर रहेको छ।

यस्तै, उनको नाममा एउटा स्कुटर, तीन वटा ल्याप्टप र दुई वटा मोबाइल फोन रहेको उल्लेख गरिएको छ। उनका श्रीमानसँग भने पल्सर मोटरसाइकल रहेको विवरणमा जनाइएको छ।

आर्थिक पक्षतर्फ, मन्त्री वादीसँग नगद ५० हजार रुपैयाँ रहेको छ भने बैंकमा उनी र उनका श्रीमान्‍को नाममा जम्मा १५ लाख रुपैयाँ मौज्दात रहेको उल्लेख गरिएको छ।

त्यसैगरी, मन्त्री वादीसँग १८ तोला सुन र १५ तोला चाँदी रहेको छ, जुन विवाहको अवसरमा प्राप्त भएको सम्पत्ति भएको विवरणमा जनाइएको छ। अचल सम्पत्तितर्फ, मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलमा फैलिएको जग्गा रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : २१ बजे

सुर्खेतमा एक विद्यार्थी मृत भेटिए 

सुर्खेत– सुर्खेतमा लोकसेवा आयोगको तयारी गरिरहेका अछामका एक विद्यार्थी भाडाको

रातभर मनाएर सकियो तलेजुको जात्रा

भक्तपुर– विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग

तीन हजार ५८५ यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा

काठमाडौँ– नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस

नदी कटान रोक्न तटीय क्षेत्रमा वृक्षरोपण

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थित खल्लागोठमा मछेली नदीको कटान रोक्न

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका लागि