मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन « Khabarhub

मन्त्री सोविता गौतमको सम्पत्ति : १० लाख बैंक मौज्दात, १ तोला हिरा र १५ तोला सुन


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको बैंक खातामा १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको खुलेको छ । सरकारले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार उनले विभिन्न बैंकबाट ऋण लिएको पनि उल्लेख गरेकी छन् ।

गाडी खरिदका लागि उनले राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएको र त्यसमध्ये ७ लाख रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ। त्यस्तै, एभरेष्ट बैंकबाट पनि २५ लाख रुपैयाँ ऋण लिइएको विवरणमा देखिन्छ।

उनको सम्पत्तिमा सुन, चाँदी र हिरा पनि समावेश छन्। विवरण अनुसार उनीसँग १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हिरा रहेको छ।

सवारी साधनतर्फ, मन्त्री गौतमले राष्ट्रिय वाणिज्य बैंकबाट २६ लाख रुपैयाँ ऋण लिएर बा ०१–०२९ च ४३३६ नम्बरको गाडी खरिद गरेको उल्लेख गरेकी छिन्।

उनका श्रीमान् गृहेन्द्र घिमिरेको नाममा समेत ठूलो ऋणसहित सवारी साधन रहेको छ। घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख रुपैयाँ ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ। उक्त गाडी खरिद गर्दा ऋण, तलब र पुरानो गाडी एक्सचेन्ज गरिएको विवरणमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ३५ बजे

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया

माओको मिममा हाँस्दा एम्बाप्पेलाई महँगो पर्‍यो, चीनसँगको व्यावसायिक सम्बन्ध नै धरापमा !

काठमाडौँ – विश्व फुटबलका चर्चित स्टार किलियन एम्बाप्पे मैदानमा आफ्नो

शरद् ऋतुमा ४४ हिमाल आरोहण गर्न ७६ देशका आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका ४४ हिमाल आरोहण गर्न ७६ देशका

दसैँमै फुल्यो तिहारलाई लगाएको सयपत्री, चिन्तामा किसान (तस्बिरहरू)

तनहुँ– तिहार आउन दुई साता बाँकी छँदै तनहुँका किसानको खेतमा सयपत्री

सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बलबीच बैठक

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बलबीच