परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी « Khabarhub

परराष्ट्रमन्त्री खनालको सम्पत्ति : तीन जिल्लामा जग्गा, बैंकदेखि हाइड्रोसम्म लगानी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार खनालसँग घरजग्गा, सेयर लगानी, नगद तथा सवारी साधनसहित विविध सम्पत्ति रहेको देखिएको हो ।

नगद तथा जिन्सी सम्पत्तितर्फ खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ भने १० लाख रुपैयाँ नगद मौज्दात रहेको उल्लेख छ।

विवरण अनुसार काठमाडौँ महानगरपालिका–१० टोखामा ६ आना क्षेत्रफलमा बनेको एक घर मन्त्री खनालको नाममा रहेको छ। तनहुँको भानुमा १५ रोपनी पुर्ख्यौली जग्गा, नवलपरासी पूर्वको देवचुलीमा १२ रोपनी जग्गा तथा बाँकेको नेपालगन्जमा २ कठ्ठा जग्गा रहेको विवरणमा उल्लेख गरिएको छ ।

उनले पिक एण्ड ड्रप नेपालमा ३३ प्रतिशत, रिग्पा इन्टरनेशनलमा शतप्रतिशत र ताजा एग्रो फार्ममा १६ प्रतिशत शेयर स्वामित्व राखेका छन् । यसका साथै बीपीडब्ल्यू लघुवित्त, ओम मेघश्री फर्मास्युटिकल्स, ग्लोबल आइएमई बैंक लगायत विभिन्न जलविद्युत तथा सार्वजनिक कम्पनीहरूमा समेत उनको लगानी रहेको उल्लेख गरिएको छ ।

सवारी साधनतर्फ, मन्त्री खनालले करिब ४० लाख रुपैयाँमा खरिद गरिएको गाडी प्रयोग गरिरहेको विवरणमा उल्लेख छ। साथै ७५ लाख रुपैयाँ ऋण रहेको पनि सार्वजनिक विवरणमा देखिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ८ : ५८ बजे

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको

इरानलाई सहयोग गरे चीनविरूद्ध ५० प्रतिशत करवृद्धि गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्व युद्धको क्रममा इरानलाई

मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी

काठमाडौं – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण

मन्त्री रावलको सम्पत्तिः बूढानीलकण्ठ र बारामा जग्गा, ४४ लाखको गाडी (विवरणसहित)

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन तथा भूमि व्यवस्था,