कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ? « Khabarhub

कति छ भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालसँग सम्पत्ति ?


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


357
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालको सम्पत्ति विवरण सार्वजनिक भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणमा मन्त्री लम्साल र उनको परिवारको नाममा बैंक मौज्दातदेखि कृषि जमिनसम्म फैलिएको सम्पत्ति देखाइएको छ।

सार्वजनिक विवरण अनुसार मन्त्री लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स रहेको उल्लेख छ। यद्यपि उक्त रकम कुन बैंकमा रहेको हो भन्ने विवरण स्पष्ट रूपमा खुलाइएको छैन। चल सम्पत्तितर्फ मन्त्री लम्सालसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको विवरणमा उल्लेख गरिएको छ।

अचल सम्पत्तिमा भने अधिकांश हिस्सा पारिवारिक नाममा रहेको देखिएको छ। विवरण अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका–७ मा १ कठ्ठा १० धुर जग्गामा बनेको घर जमुना लम्सालको नाममा रहेको छ। त्यसैगरी नवलपरासीको कावासोतीमा १० कठ्ठा १५ धुर जग्गा पनि जमुना लम्सालकै नाममा रहेको जनाइएको छ।

त्यस्तै, पारिवारिक सम्पत्तिअन्तर्गत बोधराज लम्सालको नाममा स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको विवरणमा उल्लेख गरिएको छ। मन्त्री लम्सालको सेयर बजार वा अन्य कम्पनीमा लगानीसम्बन्धी कुनै विवरण भने सार्वजनिक गरिएको छैन।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : २१ बजे

गोङ्गबुमा किताब बेच्दै महावीर पुन

काठमाडौं– प्रतिनिधिसभा सदस्य, आविष्कार तथा अनुसन्धानकर्ता महावीर पुन आफ्नो ‘महावीर

अटिजम बालबालिकाका लागि बुढानिलकण्ठमा विद्यालय सञ्चालन

काठमाडौं– अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको

पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक

महोत्तरी– नयाँ वर्ष पारम्भका दिन आज मधेशको मिथिला क्षेत्रमा हिलो

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

गण्डकी– नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन्- मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – ०७६ पुसको भ्रमण भारतीय गायिका आशा भोसलेको अन्तिम