हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन « Khabarhub

हर्मुजमा ‘नौसैनिक नाकाबन्दी’ सुरु गर्न ट्रम्पको निर्देशन


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


978
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इस्लामावादमा भएको शान्ति वार्ताका क्रममा इरानले आफ्नो आणविक महत्वाकाङ्क्षा त्याग्न अस्वीकार गरेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

वार्ता विना निश्कर्ष टुङ्गिएपछि पहिलो प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले भने, ‘स्ट्रेट अफ हर्मुज’मा अमेरिकी नौसेनाको नाकाबन्दी जारी गर्न आइतबार आदेश दिएका छन् ।

पाकिस्तानमा भएको वार्ता ‘राम्रो’ भएको र अधिकांश बुँदामा सहमति भएको स्वीकार गर्दै राष्ट्रपति ट्रम्पले तेहरानले आफ्नो पारमाणविक कार्यक्रमका विषय त्याग्न अस्वीकार गरेको बताए ।

राष्ट्रपति ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ मा प्रवेश गर्न वा त्यहाँबाट बाहिर निस्कन खोज्ने कुनै पनि पानीजहाजमाथि नाकाबन्दी लगाउने प्रक्रिया तत्कालदेखि लागू हुने गरी काम गर्न अमेरिकी नौसेनालाई निर्देशन जारी गरेका हुन् ।

यसैबिच, सन् १९७९ को इस्लामिक क्रान्तिपछि दुई पक्षबीचको उच्चस्तरीय बैठकपछि शान्ति वार्ताको लागि पाकिस्तान पुगेको अमेरिकी प्रतिनिधिमण्डल फिर्ता भएको छ । वार्तामा वासिङ्टनले सम्झौताका लागि तेहरानलाई ‘अन्तिम र उत्तम प्रस्ताव’ दिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  ९ : ३३ बजे

गोङ्गबुमा किताब बेच्दै महावीर पुन

काठमाडौं– प्रतिनिधिसभा सदस्य, आविष्कार तथा अनुसन्धानकर्ता महावीर पुन आफ्नो ‘महावीर

अटिजम बालबालिकाका लागि बुढानिलकण्ठमा विद्यालय सञ्चालन

काठमाडौं– अटिजम भएका बालबालिकाको लागि छुट्टै विद्यालय सञ्चालन हुने भएको

पानीको सङ्कटले हरायो जुडशीतल पर्वको रौनक

महोत्तरी– नयाँ वर्ष पारम्भका दिन आज मधेशको मिथिला क्षेत्रमा हिलो

पोखराका होटेल ९० प्रतिशत बढी भरिभराउ

गण्डकी– नेपाली नयाँ वर्ष मनाउन आउने पर्यटकका कारण पोखराको लेकसाइड

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन्- मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – ०७६ पुसको भ्रमण भारतीय गायिका आशा भोसलेको अन्तिम