मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी « Khabarhub

मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको विवरणमा उनको नाममा सुनचाँदी, जग्गा, बैंक मौज्दात, सेयर तथा सवारी साधनसमेत रहेको देखिएको छ।

विवरण अनुसार मन्त्री मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ। उक्त सुनचाँदीको स्रोत दाइजो, उपहार तथा आंशिक रूपमा स्वआर्जनबाट प्राप्त भएको उनले खुलाएकी छन्।

अचल सम्पत्तितर्फ काठमाडौँको सौखेलमा ७ आना जग्गा रहेको विवरणमा उल्लेख छ। सो जग्गाको स्रोत श्रीमानको आम्दानी, आफ्नो तलब तथा ऋण रहेको जनाइएको छ।

बैंक मौज्दाततर्फ माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ र सानिमा बैंकमा १० लाख रुपैयाँ गरी करिब १७ लाख रुपैयाँभन्दा बढी रकम रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : ११ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको