मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी « Khabarhub

मन्त्री मेहताको सम्पत्तिः १७ लाख बैंक मौज्दात, ३० तोला सुन र ५० तोला चाँदी


२९ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्वास्थ्य, जनसंख्या तथा खानेपानीमन्त्री निशा मेहताको सम्पत्ति विवरण सार्वजनिक भएको छ। आइतबार सार्वजनिक गरिएको विवरणमा उनको नाममा सुनचाँदी, जग्गा, बैंक मौज्दात, सेयर तथा सवारी साधनसमेत रहेको देखिएको छ।

विवरण अनुसार मन्त्री मेहतासँग ३० तोला सुन र ५० तोला चाँदी रहेको उल्लेख गरिएको छ। उक्त सुनचाँदीको स्रोत दाइजो, उपहार तथा आंशिक रूपमा स्वआर्जनबाट प्राप्त भएको उनले खुलाएकी छन्।

अचल सम्पत्तितर्फ काठमाडौँको सौखेलमा ७ आना जग्गा रहेको विवरणमा उल्लेख छ। सो जग्गाको स्रोत श्रीमानको आम्दानी, आफ्नो तलब तथा ऋण रहेको जनाइएको छ।

बैंक मौज्दाततर्फ माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार ५३५ रुपैयाँ र सानिमा बैंकमा १० लाख रुपैयाँ गरी करिब १७ लाख रुपैयाँभन्दा बढी रकम रहेको उल्लेख गरिएको छ।

प्रकाशित मिति : २९ चैत्र २०८२, आइतबार  १० : ११ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६