सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’ « Khabarhub

सरकारको नीतिमा आचार्यको टिप्पणी: ‘बीआरटीले ट्राफिक समस्या झन् जटिल बनाउन सक्छ’


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वाधारविद् सूर्यराज आचार्यले सरकारको नीति तथा कार्यक्रममा समेटिएका पूर्वाधार विकासका योजनामाथि टिप्पणी गर्दै केही सुधार र पुनरावलोकनको सुझाव दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यातायात गुरुयोजना, बीआरटी र रेलमार्गका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।

आचार्यले सडक, रेल, जल, रोपवे र हवाई यातायात समेट्ने गरी ‘एकीकृत राष्ट्रिय यातायात गुरुयोजना’ बनाउने सरकारको नीतिको स्वागत गरेका छन् । तर, यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने र आयोजना छनोट तथा लगानीको प्राथमिकता यही गुरुयोजनाले नै निर्देशित गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

काठमाडौंमा ‘बस र्‍यापिड ट्रान्जिट (बीआरटी)’ सञ्चालन गर्ने प्रस्तावप्रति भने उनले असहमति जनाएका छन् । “पछिल्ला अन्तर्राष्ट्रिय अनुभवले बीआरटी सधैं प्रभावकारी समाधान नहुने देखाएका छन्,” आचार्यले भनेका छन्, “काठमाडौँजस्तो साँघुरा सडक भएको सहरमा बीआरटीले विद्यमान ट्राफिक समस्यालाई थप जटिल बनाउने जोखिम छ ।” उनले बीआरटीको सट्टा परम्परागत बस सेवालाई व्यवस्थित बनाउने अन्य व्यावहारिक उपायहरू अपनाउन सुझाव दिएका छन् ।

यस्तै, पूर्व–पश्चिम रेलमार्गको निर्माण कार्य हालकै डिजाइनमा अघि बढाउनु उपयुक्त नहुने उनको तर्क छ । विस्तृत प्राविधिक समीक्षापछि मात्र यसलाई अघि बढाउनुपर्ने उनले बताएका छन् । केरुङ–काठमाडौं र रक्सौल–काठमाडौं रेलमार्ग अघि बढाउने नीतिको समर्थन गरे पनि आचार्यले रक्सौल–काठमाडौँ रेलमार्गको प्रतिवेदनमाथि गम्भीर प्राविधिक समीक्षा हुनुपर्ने खाँचो औंल्याएका छन् ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : ५२ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा