व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग « Khabarhub

व्यास नगरपालिकाद्वारा दीर्घरोगीलाई सहयोग


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको व्यास नगरपालिकाले दीर्घरोगीलाई ३९ लाख रुपैयाँ भत्ताबापत सहयोग गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्षमा २६६ जना दीर्घरोगीलाई मासिक पाँच हजारका दरले ३९ लाख २८ हजार सहयोग गरेको हो ।

उक्त रकम सम्बन्धित व्यक्तिको बैंक खातामा दाखिला गरिएको प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्सालले जानकारी दिए । दीर्घरोगका कारण नियमित उपचार गर्नुपर्ने र आर्थिक रूपमा समस्यामा परेका नागरिकलाई सहयोग पुगोस् भन्ने उद्देश्यले नगरपालिकाले यो कार्यक्रम सञ्चालन गरेको उनको भनाइ छ ।

नगरपालिकाले क्यान्सर, मिर्गौला रोग, मुटुरोग, पक्षघातलगायतका दीर्घरोगबाट पीडित नागरिकलाई लक्षित गरी यो सहयोग कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यस्ता रोगका बिरामीले नियमित औषधोपचार, परीक्षण तथा अस्पताल आवतजावतमा ठूलो आर्थिक भार व्यहोर्नुपर्ने भएकाले स्थानीय सरकारले सहयोगको नीति अघि सारेको उनले बताए ।

नगरपालिकाले सामाजिक सुरक्षा तथा जनस्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न स्वास्थ्यसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । दीर्घरोगीलाई आर्थिक सहयोग, स्वास्थ्य शिविर, निःशुल्क परीक्षण तथा जनचेतनामूलक कार्यक्रममार्फत नागरिकको स्वास्थ्य अवस्थालाई सुधार गर्ने प्रयास भइरहेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले बताए ।

स्थानीयवासीले नगरपालिकाको यो कार्यक्रम सकारात्मक र उदाहरणीय भएको बताएका छन् । आर्थिक अभावका कारण उपचारमा समस्या झेलिरहेका बिरामीलाई मासिक सहयोगले केही राहत पुगेको उनीहरूको भनाइ छ । विशेष गरी नियमित औषधि सेवन गर्नुपर्ने तथा अस्पतालमा बारम्बार पुग्नुपर्ने बिरामीलाई यस्तो सहयोग प्रभावकारी बनेको स्थानीयको अनुभव छ ।

नगरपालिकाले आगामी वर्षहरूमा पनि सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य तथा सामाजिक सुरक्षाका कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजाने नगरप्रमुख न्यौपानेले उल्लेख गरे ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १० : ०७ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा