कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यक : मुख्यमन्त्री यादव « Khabarhub

कुपोषण समाधानका लागि व्यवहार परिवर्तन आवश्यक : मुख्यमन्त्री यादव


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेसमा कुपोषणको समस्या समाधानका लागि बानीव्यवहारमा परिर्वतन आवश्यक रहेको बताएका छन् ।

मधेस प्रदेशको स्वास्थ्य सेवा निर्देशनालय सपही धनुषाले लालगढमा आजदेखि सुरु गरेको तीनदिने मधेस प्रदेशस्तरीय पोषण नीति संवाद तथा शिखर सम्मेलन–२०८३ उद्‌घाटन गर्दै मुख्यमन्त्री यादवले प्रत्येक घरको भान्साघर व्यवस्थित गर्नसके अवस्थामा सुधार आउने उल्लेख गरे।

मधेस खाद्य सामग्री उत्पादनका दृष्टिले अन्य प्रदेशका तुलनामा राम्रो भए पनि उपयोग ठिकसँग नहुँदा यहाँ कुपोषण समस्या बनेको उनको भनाइ छ । 

तीनदिने शिखर सम्मेलनले मधेसमा कुपोषणका कारण देखिने पुड्कोपन, ख्याउटेपन र रक्तअल्पताको समस्या निदानमा ठोस निष्कर्ष दिने मधेस प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री जङ्गीलाल रायले बताए। सम्मेलनमार्फत अनुगमनको पाटोलाई प्रभावकारी बनाउन ठोस तालिका निर्माण गर्न रायले सुझाए ।

सम्मेलनमा पोषण नीतिबारे विज्ञहरूबीच गहन संवाद गरी निष्कर्ष निकालिने मधेस प्रदेश सरकारको स्वास्थ्य सचिव डा. प्रमोदकुमार यादवले स्पष्ट पारे।

सम्मेलनमा प्रदेशका सबै पोषणसम्बद्ध प्रदेशस्तरीय सरकारी कार्यालयका प्रमुख, प्रादेशिक अस्पतालका प्रमुख, पोषणविद् र आठै जिल्लाका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख र पोषण अधिकृतको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  २ : १६ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ