एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’ « Khabarhub

एक लाखसम्म नगद छुटसहित ‘बजाज ग्रान्ड एक्सचेन्ज कार्निभल’


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि.ले विशेष अफरसहित ‘न्यु खोज्नेलाई झ्याम्मै, ग्रान्ड एक्सचेन्ज कार्निभल’ सुरु गरेको छ।

सोमबार (हिजो) देखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको कार्निभलमा जेठ ३ गतेसम्म ग्राहकहरूले आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ बजाज मोटरसाइकल खरिद गर्दा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन्। 

कार्निभलमा सहभागी ग्राहकहरूको पुरानो सवारीसाधनको मूल्याङ्कन २२ जना अनुभवी मूल्याङ्कनकर्तामार्फत गरिने कम्पनीले जनाएको छ। साथै, नयाँ बजाज मोटरसाइकल खरिद गर्दा ग्राहकहरूले एक लाख रुपैयाँसम्म नगद छुट पाउने व्यवस्था गरिएको छ।

यसका अतिरिक्त, ग्राहकहरूले कार्निभल स्थलमै सहज वित्तीय सुविधा, निःशुल्क एसेसरिज तथा निःशुल्क सेवाशुल्कलगायतका सुविधा पनि प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार उक्त एक्सचेन्ज कार्निभलले ग्राहकहरूलाई आफ्नो पुरानो सवारीसाधनको उचित मूल्य प्राप्त गर्दै नयाँ बजाज मोटरसाइकल खरिद गर्ने अवसर प्रदान गर्नेछ।

यसले ग्राहकहरूको आवश्यकता र चाहनालाई ध्यानमा राख्दै यस्ता आकर्षक योजना तथा अफरहरू निरन्तर ल्याउँदै आएको जनाएको छ। कम्पनीले सबै इच्छुक ग्राहकहरूलाई भृकुटीमण्डपमा आयोजित कार्निभलमा सहभागी भई उपलब्ध विशेष सुविधाको लाभ लिन आग्रह गरेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : २७ बजे

पाँच महिनामा एक लाखभन्दा बढी विदेशी नागरिक  ‘ट्रेकिङ’मा 

काठमाडौं– अध्यागमन विभागले विदेशी नागरिक अनुगमन प्रणाली (एफएनएमआइएस) कार्यान्वयनको प्रगतिबारे

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले