ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन « Khabarhub

ट्राफिक कारबाहीबाट २७ लाख ५७ हजार २ राजस्व संकलन


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो चौबीस घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको जाँचका क्रममा दुई हजार २१२ जना सवारी चालकलाई कारबाही गरेको छ । उक्त कारबाहीबाट २७ लाख ५७ हजार दुई संकलन गरिएको छ ।

आज बिहानसम्म सञ्चालन गरिएको जाँचका क्रममा मादक पदार्थ *मापसे) सेवन गरी सवारी चलाउने ८३, राइड सेयरिङमा १७९, रातोबत्तीमा १३१, तीव्रगतिमा १३९, लेनक्रसमा ९२, सडक फुटपाथमा १०७, हर्न निषेधमा १२४, एकतर्फीमा १५०, अन्यमा एक जहार २०७ गरी कुल दुई हजार २१२ जना चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

उनले भने, ‘चौबिस घण्टाको अवधिमा काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने दुई हजार २१२ जना चालकलाई कारबाही गरिएको छ । उक्त कारबाहीबाट जम्मा रु २७ लाख ५७ हजार दुई राजस्व दाखिला भएको छ ।’

मादक पदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएको र चालकले मादक पदार्थ वा लागूपदार्थ सेवन गरेको शंका लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ५ : ३९ बजे

सेनामाथि किन निरन्तर खनिँदैछ एमाले ?

काठमाडौं- नेकपा एमालेले वर्तमान सरकार बन्नुमा नेपाली सेनाको ठूलो हात

‘डीडीसी’बाट सित्तैमा दूध–घिउ खाने व्यवस्था तत्काल रोक्न कृषिमन्त्रीको निर्देशन

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीले दुग्ध विकास संस्थान

सामाजिक सञ्जालमार्फत परीक्षा अगावै प्रश्नपत्र सार्वजनिक गर्ने पक्राउ

काठमाडौं–  नेपाल प्रहरीको ‘साइबर ब्यूरो’को टोलीले सामाजिक सञ्जालमार्फत परीक्षा अगावै

यातायात व्यवसायी महासंघको निर्वाचन बुधबार मात्रै हुने

काठमाडौं- नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्वाचन बुधबारलाई सरेको छ