घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर « Khabarhub

घूस लिएको अभियोगमा प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

कमला ढल्केबर बागमती सडक निर्माण खण्डमा माटो तथा ‘ग्राभेल फिलिङ’ कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने तथा ‘फिल्ड’मा माटो झार्न नदिई सेवाग्राहीसँग ४० हजार घूस लिँदै गरेको अवस्थामा पक्राउ गरी अभियोग पत्र दायर गरिएको हो ।

आयोगले आरोपी अधिकारीविरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।

यस्तै, नेपाल सरकार प्रतिवादी चन्द्रबहादुर अधिकारी समेतको घूससम्बन्धी मुद्दामा सरकारी साक्षीका रूपमा बयान दिँदा प्रतिकूल हुनेगरि दिएको पाइएकाले सुमित्राकुमारी पुडासैनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

आयोगले पुडासैनीविरुद्ध रु ५० लाख बराबरको बिगो दाबी गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ६ : ३१ बजे

झापा गाउँपालिकाद्वारा भूमि प्रशासन सेवा आरम्भ

झापा – झापा गाउँपालिकाले आजदेखि आफ्नै भूमि व्यवस्थापन शाखामार्फत मालपोत

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौं – नेपाल भलिबल सङ्घले चालु आर्थिक वर्षमा विभिन्न १९

महाकाव्यकार खेमनाथ दाहालको गीति एल्बम ‘जागृति’ सार्वजनिक

काठमाडौं – महाकाव्यकार खेमनाथ दाहालका सिर्जनालाई संगीतमार्फत श्रोतामाझ पुर्‍याउने उद्देश्यले

कालीगण्डकीमा पानीको बहाव बढ्यो, सतर्कता अपनाउन आग्रह

गण्डकी – वर्षासँगै कालीगण्डकी नदीमा पानीको बहाव बढेपछि तटीय क्षेत्रका

बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन

काठमाडौं – अर्थ मन्त्रालयले बिमा क्षेत्रको सुधारका लागि अध्ययन तथा