आईपीएल : गुजरातको खराब सुरुवात « Khabarhub

आईपीएल : गुजरातको खराब सुरुवात


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ५६औँ खेल अन्तर्गत अहिले सनराइजर्स हैदराबाद र गुजरात टाइटन्सबीचकाे खेल जारी छ ।

यो खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भइरहेको छ । सनराइजर्स हैदराबादका कप्तान प्याट कमिन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका छन् ।

१० ओभर सकिँदा गुजरात टाइटन्सले ३ विकेट गुमाएर ६८ रन मात्र बनाएको छ। अहिले वाशिङटन सुन्दर र साई सुदर्शन क्रिजमा छन् ।

यसअघि प्रफुल हिङ्गेले शुभमन गिललाई ५ रनमा र जोस बटलरलाई ७ रनमा आउट गरेका थिए । प्याट कमिन्सले निशान्त सिन्धुलाई २२ रनमा आउट गरे ।

दुवै टोलीले ११–११ खेलमा १४–१४ अंक जोडेका छन् । राम्रो नेट रन रेटका कारण सनराइजर्स हैदराबाद दोस्रो स्थानमा र गुजरात टाइटन्स तेस्रो स्थानमा छ। आजको खेल जित्ने टोली अंक तालिकाको शीर्ष स्थानमा पुग्नेछ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ८ : ५० बजे

इलामको माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले ११ वटा सामुदायिक विद्यालयमा लिम्बू र

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको