युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी « Khabarhub

युद्ध क्षेत्रको दायरा विस्तार गरेको इरानी सेनाको दाबी


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

तेहरान – इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ अब पहिलेभन्दा ठूलो भएको र यसलाई एक विशाल सैन्य र परिचालन क्षेत्रको रूपमा पुनः परिभाषित गरिएको बताएको छ ।

आइआरजिसीले यो समुद्री मार्ग अब साँघुरो जलमार्ग मात्र नभएर करिब ५०० किलोमिटर लामो फराकिलो क्षेत्र बनेको दाबी गरेको छ, जुन इरानको नयाँ नौसैनिक रणनीतिको हिस्सा हो ।

‘सीमित क्षेत्रको परिभाषा अब समाप्त भएको छ’ आइआरजिसी नौसेनाको राजनीतिक विभागका उपप्रमुख आइआरजिसी मोहम्मद अकबरजादेहले तस्निम समाचार एजेन्सीसँग भने, ‘पहिले हर्मुज जलडमरूमध्य हर्मुज र हेङ्गम जस्ता साना टापुहरू वरपरको सीमित क्षेत्रको रूपमा हेरिन्थ्यो, तर अब यो सोच पूर्ण रूपमा परिवर्तन भएको छ।’

आइआरजिसीको रिपोर्टअनुसार पहिले यो क्षेत्र २० देखि ३० माइल (करिब ५० किलोमिटर_ क्षेत्रमा मात्र सीमित रहेको मानिएको थियो, तर अहिले २०० देखि ३०० माइल (करिब ५०० किलोमिटर)सम्म विस्तार गरिएको छ । यो विस्तारलाई अर्धचन्द्राकार रणनीतिक संरचनाको रूपमा वर्णन गरिएको छ, जसले इरानको समुद्री निगरानीलाई अझ बलियो बनाउँछ।

अकबरजादेहले इरानले आफ्नो समुद्री सीमा र हितलाई नजिकबाट नियालिरहेको र कुनै पनि प्रकारको घुसपैठ चसहने बताएका छन् ।

उनले कडा प्रतिक्रिया दिँदै भने, ‘हाम्रो एक इन्च जमिन जोगाउन हामी रगत बगाउँनेछौँ, तर हामी यसलाई छोड्ने छैनौँ ।’

आइआरजिसीले भनेको छ, ‘नयाँ नियमहरू अब स्ट्रेट अफ होर्मुज हुँदै जाने जहाजहरूमा लागू हुनेछन्। इरानले तोकेको बाटो मात्र सुरक्षित मानिनेछ । नियम उल्लङ्घन गर्ने पानीजहाजलाई कडा कारबाही गर्ने चेतावनी दिइएको छ ।’

क्षेत्रीय तनावका बीच इरानको अडान यस्तो समयमा आएको छ जब मध्यपूर्वमा तनाव निकै उच्च छ । इरानले हालै अमेरिका र इजरायलको नीतिलाई गैरकानुनी सैन्य कारबाही भनेको छ ।

इरानले मार्चदेखि ‘शत्रु’ को जहाजहरूको आवागमनमा प्रतिबन्ध लगाएको छ भने अमेरिकाले इरानी बन्दरगाहमा प्रतिबन्धको घोषणा गरेको छ। इरानले अमेरिकाको यी कदमलाई ‘समुद्री डकैती’ को संज्ञा दिएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ९ : ४८ बजे

भोटेकोशी बाढीः लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

कपिलवस्तु – रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

भदौ २४ को विध्वंसमा संलग्नलाई कारबाही नभएसम्म आवाज उठाइरहन्छु : एमाले सचिव बस्नेत

काठमाडौँ – नेकपा (एमाले)का सचिव महेश बस्नेतले गत वर्ष भदौ

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल