एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि « Khabarhub

एसइई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ननग्रेडेड (अनुत्तीर्ण) भएकाहरुका लागि आगामी असार १ गतेदेखि ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने भएको छ ।

बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले यसवर्ष एसइईको नतिजामा ननग्रेडेड भएका एक लाख ४६ हजार ५०७ जना विद्यार्थीका लागि मौका परीक्षा दिन असार १ गतेदेखि ९ गतेसम्म ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्न लागिएको जानकारी दिए ।

यसवर्ष दुई लाख ८४ हजार १६० विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएको र एक लाख ४६ हजार ५०७ ननग्रेडेड भएको जानकारी दिँदै उनले परीक्षामा पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले परीक्षा फाराम भरे पनि परीक्षामा भने चार लाख ३० हजार ६६७ जना सहभागी भएको जानकारी दिए ।

ग्रेडवृद्धि परीक्षाका लागि राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयलाई थप तयारी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ । बोर्डले एसइईको नतिजामा चित्त नबुझेमा पुनर्योग गर्ने तालिका सार्वजनिक गरेको छ ।

नतिजामा चित्त नबुझेमा पुनर्योेगका लागि जेठ १ गतेदेखि ७ गतेसम्मको समय निर्धारण गरेका जानकारी दिए । गत चैत १९ देखि २९ गतेसम्म सञ्चालित परीक्षाको नतिजा भने २९ दिनमा नतिजा सार्वजनिक गरेको थियो ।

सोमबार सार्वजनिक गरेको एसइईको नतिजामा ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी ग्रेडेड भएको र यो नतिजा गत वर्षभन्दा ४ दशमलव १७ प्रतिशतले वृद्धि भएको उहाँले जानकारी दिए ।

यसवर्ष प्रदेश अनुसार कोशीमा ५० हजार ८९०, मधेसमा ४४ हजार ५९२, बागमतीमा ७७ हजार ११३, गण्डकीमा २६ हजार ५५०, लुम्बिनी ४४ हजार २५६, कर्णाली १९ हजार ९५ र सुदूरमपश्चिमा २१ हजार ६६४ ग्रेडेड भएका छन् ।

परीक्षामा मधेस प्रदेशका ३१ हजार ७२५, कोशीमा २१ हजार ३६६, बागमतीमा २१ हजार ७०४, गण्डकीमा ९ हजार ९४३, लुम्बिनीमा २७ हजार ८९३, कर्णालीमा १३ हजार २४१ र सुदूरपश्चिममा २० हजार ६३५ विद्यार्थी ननग्रेडेड भएका छन् ।

यसवर्ष कक्षा ११ को भर्ना प्रक्रिया बोर्डले छिट्टै सुरु गर्ने बोर्डका परीक्षा नियन्त्रक अधिकारीले जानकारी दिए। बोर्डले कक्षा ११ को भर्ना तयारी छिट्टै थालिने बताउँदै यसबारेमा शिक्षा मन्त्रालयले सरोकारवाला पक्षसँग छलफल गरेर भर्ना र पठनपाठनको मिति निर्धारण गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  १० : ४० बजे

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस

प्रहरी सङ्गठन जनताका पहिलो सरकार हो : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका

जन्मदिनमा ट्रम्पको ‘फाइट नाइट’

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ८०औँ जन्मदिनलाई असामान्य शैलीमा

निजामती सेवामा समावेशी समूहको दुईतिहाई प्रतिनिधित्व भएको छ : अध्यक्ष रेग्मी

काठमाडौं– लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी

काठमाडौं– लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ ।