प्रयोगकर्ताको डेटा चीन पठाएको विषयमा आयरल्याण्डमा शेइनमाथि अनुसन्धान सुरु « Khabarhub

प्रयोगकर्ताको डेटा चीन पठाएको विषयमा आयरल्याण्डमा शेइनमाथि अनुसन्धान सुरु


२९ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आयरल्यान्डको डेटा संरक्षण आयोग (डीपीसी) ले चिनियाँ अनलाइन व्यापारिक कम्पनी शेइनमाथि छानबिन सुरु गरेको छ । युरोपेली प्रयोगकर्ताहरूको डेटा चीन पठाएको विषयमा यो अनुसन्धान थालिएको हो । डीपीसी युरोपेली संघ (ईयू) मा शेइनको प्रमुख गोपनीयता नियामक निकाय हो ।

आयोगले शेइनको डब्लिनमा रहेको मुख्यालयले ईयूको गोपनीयता नियमहरू पालना गरे/नगरेको जाँच गर्नेछ । डीपीसीसँग नियम मिच्ने कम्पनीहरूलाई ठूलो रकम जरिवाना गर्ने अधिकार छ।

नियम अनुसार ईयूबाहिर डेटा पठाउँदा पनि प्रयोगकर्ताको गोपनीयता सुरक्षित हुनुपर्छ । डीपीसीका उप-आयुक्त ग्राहम डोयलले यो अनुसन्धान आफ्नो रणनीतिक प्राथमिकता भएको बताएका छन् । उनले चीनतर्फ हुने डेटा स्थानान्तरणमा आयोगको विशेष ध्यान रहेको स्पष्ट पारे ।

यस विषयमा शेइनका प्रवक्ताले आफ्नो कम्पनी विगत केही महिनादेखि डीपीसीसँग लगातार छलफलमा रहेको जनाएका छन् । कम्पनीले आफूहरू डेटा सुरक्षाका नियमहरू पालना गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको दाबी गरेको छ । शेइनले सन् २०२३ मा डब्लिनमा आफ्नो मुख्यालय खोलेको थियो ।

यसअघि गत वर्ष डीपीसीले प्रयोगकर्ताको विवरण सुरक्षित नराखेको भन्दै चिनियाँ एप टिकटकलाई पनि ५३ करोड युरो जरिवाना गरेको थियो । साथै टिकटकलाई चीनमा डेटा पठाउन रोक समेत लगाइएको थियो ।

प्रकाशित मिति : २९ बैशाख २०८३, मंगलबार  ४ : ०३ बजे

महाधिवेशनबाट थप शक्तिशाली बने गगन, टिम पनि सहज

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट सभापति गगन थापा थप शक्तिशाली

अबदेखि बिटुमिन र असफाल्टको सडक निर्माण गर्न नमिल्ने

काठमाडौ– सरकारले सार्वजनिक खरिद तथा पूर्वाधार निर्माणमा स्वदेशी उत्पादन र

रास्वपाको शुभकामना अपिल: चाडपर्वमा उपहार, नगद र जिन्सीको लेनदेन नगर्नू

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बडादसैँ, तिहार, नेपाल

एनपीएललाई आईसीसीले दियो मान्यता

काठमाडौँ – नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गर्ने ‘नेपाल