आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल « Khabarhub

आज २०८३ साल जेठ २९ गते शुक्रबारको राशिफल


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल जेठ २९ गते शुक्रबार अधिक जेठ कृष्ण पक्षको द्वादशी तिथि। सन् २०२६ जुन १२ तारिख।  विश्व बालश्रमविरुद्धको दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। तपाईं आफ्नै बोलीको कारण अप्ठेरोमा पर्ने भएकाले सचेत बन्नुपर्नेछ। विदेशमा लगानी गरेको भए फाइदा हुनेछ।

वृष : दिन सामान्य छ । व्यापारबाट फाइदा हुने दिन छ। राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछन्। आफूभन्दा ठुला व्यक्तिले सम्मान गर्नेछन्। बोली र व्यवहारमा एकरुपताको खाँचो देखिन्छ।

मिथुन :दिन राम्रो छ। आम्दानीका स्रोत बलिया छन्। विदेशमा गरेको लगानी भन्दा स्वदेशको लगानीबाट नाफा हुनेछ। शिक्षामा प्रगति हुनेछ। आफन्तले भन्दा बाहिरका साथीले हरेक क्षेत्रमा सहयोग गर्नेछन्।

कर्कट : शुभ दिन छ । भूमि सम्बन्धी कारोबारमा फाइदा हुनेछ। शेयर कारोबारमा सहभागी भए नाफा आर्जन हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्ने दिन छ। शिक्षाको क्षेत्रमा गरेको लगानी वृद्धि हुनेछ।

सिंह : परिवारसँग रमाइलो घुमघाम हुनेछ। खुशीयाली प्राप्त हुनेछ।  स्वास्थ्यमा सुधार हुने योग छ। शिक्षाका क्षेत्रमा भने मिहिनेतको खाँचो देखिन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। हरेक क्षेत्रमा काम गर्दा सचेत बन्नुपर्नेछ। विरोधी सक्रिय भएकाले काम गर्दा विवेक प्रयोग गर्नुपर्नेछ। परिवारको साथ र सहयोगमा अगाडि बढ्दा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : यात्रा गर्दा सचेत बन्नुपर्ने छ । दिन सामान्य छ। शिक्षाको क्षेत्रमा गरेको श्रमको दुरुपयोग हुने जोखिम छ। विरोधी साथीसँग सचेत बन्नुपर्ने दिन छ। परिवारको सल्लाह लिएर गरेको लगानीबाट फाइदा हुनेछ।

वृश्चिक :  स्वास्थ्यमा अचानक समस्या आइपर्ने जोखिम रहेको छ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। अग्रजसँग नम्र भएर प्रस्तुत भएमा काम सहजै बन्नेछ। थोरै बोल्नु उचित हुन्छ ।

धनु : दिन राम्रो छ।  स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। गुरुबाट असहयोग हुनाले हरेक क्षेत्रमा अप्ठेरो पर्नसक्ने जोखिम छ। परिवारभित्रबाट भन्दा बारिहका साथीले तपाईंको कामको प्रशंसा गर्नेछन्। खर्च गर्दा भने सचेत हुनुपर्ने छ ।

मकर : सहकार्य गरेर लगानी गरेमा फाइदा हुनेछ। एकल निर्णय व्यापारमा नगर्नु उचित हुन्छ। बौद्धिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ।  स्वास्थ्यले साथ दिँदा मनमा सन्तोष मिले पनि मनमा खटपटी बढ्ने जोखिम छ।

कुम्भ : सम्पत्ति कमाउने योग छ। व्यापारमा लगानीका लागि हिम्मत गर्नुपर्ने समय छ। गुरुबाट असहयोग हुँदा मन अशान्त बन्नेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ। हरेक काममा मिहिनेत गर्नुपर्ने छ । धार्मिक भेटघाट बढ्नेछ ।

मीन : शुभ दिन छ । व्यापारमा भन्दा विदेशमा गरेको लगानीबाट आम्दानी हुनेछ। उपचारमा भए  स्वास्थ्यमा सुधार हुनेछ। शिक्षाको क्षेत्रमा प्रयास गर्नुपर्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारभित्र तपाईको कामको सम्मान हुनेछ । सेवा गर्न पाउँदा मन शान्त बनेछ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ५ : १३ बजे

बाख्राले दिलाएको सम्मान र सन्तुष्टि

म्याग्दी– यहाँको रघुगङ्गा गाउँपालिका–३ राहुघाटका भरत मल्लले पोर्चुगलको (पीआर) स्थायी

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

प्रारम्भिक विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अनुमोदन

कर्णाली– कर्णाली प्रदेशको प्रारम्भिक विपद्-मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को

कांग्रेस क्रियाशील सदस्यता वितरणको म्याथ थपियो

काठमाडौं– नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत सात लाख ८२

विश्व बालश्रमविरुद्ध दिवस : बालश्रम अन्त्यको लक्ष्य अझै टाढा

काठमाडौं– बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे