इरानमाथिको आक्रमण रोक्दै ट्रम्पले भने- ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’ « Khabarhub

इरानमाथिको आक्रमण रोक्दै ट्रम्पले भने- ‘ऐतिहासिक सम्झौताको नजिक छौँ’

ट्रम्पको बयानपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि गर्ने भनिएको सैन्य आक्रमण रद्द गरेको घोषणा गर्दै युद्ध अन्त्यका लागि प्रारम्भिक सम्झौताको नजिक पुगेको दाबी गरेका छन् ।

बिहीबार ओभल अफिसमा पत्रकारसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले भने, “हामीले इरानसँगको युद्ध अन्त्यका लागि भर्खरै एउटा ठुलो सम्झौता गरेका छौँ ।” यसअघि उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै इरानमाथिका आक्रमणहरू रद्द गरिएको जानकारी दिएका थिए ।

तर, इरानको परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले भने सम्झौताका रिपोर्ट “अनुमानित” मात्र भएको र “अहिलेसम्म केही पनि अन्तिम रूपमा तय नभएको” सरकारी टेलिभिजनमार्फत बताएका छन् । ट्रम्पले यसअघि पनि दुई देशबिच युद्ध अन्त्यको सम्झौता हुन लागेको यस्तै दाबी गर्दै आएका थिए । रोचक कुरा त के छ भने, यो घोषणा गर्नुभन्दा केही घण्टा अघि मात्र ट्रम्पले इरानमाथि “अत्यन्तै कडा” प्रहार गर्ने चेतावनी दिएका थिए ।

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि व्यापक हवाई आक्रमण गरेपछि दुई देशबिच तनाव उत्कर्षमा पुगेको थियो । जवाफमा इरानले इजरायल र खाडी क्षेत्रमा रहेका अमेरिकी सहयोगी राष्ट्रमाथि आक्रमण गरेको थियो । त्यति मात्र नभई, इरानले विश्वकै प्रमुख तेल तथा तरल प्राकृतिक ग्याँस ढुवानी मार्गको रूपमा रहेको ‘स्ट्रेट अफ हर्म्युज’ समेत बन्द गरिदिएको थियो ।

गत अप्रिलमा युद्धविरामको सहमति भए तापनि अमेरिका र इरानबिच छिटपुट गोलाबारी जारी नै छ । यसै साता मात्र दुवै पक्षले एकअर्कामाथि जवाफी हमला गरेका थिए । यद्यपि, यी तनावकाबिच ट्रम्पले इरानसँग सम्झौताको सम्भावनालाई निरन्तर जोड दिँदै आएका छन् ।

ट्रम्पको पछिल्लो सकारात्मक बयान सार्वजनिक भएलगत्तै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । पत्रकारसँग कुरा गर्दै ट्रम्पले थपे, “हामीबिच इरानले कहिल्यै पनि आणविक हतियार बनाउन नपाउने सम्झौता भएको छ । हामीले यत्रो संघर्ष गर्नुको मुख्य उद्देश्य नै यही थियो, त्यसैले यो निकै ठुलो उपलब्धि हो ।”

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ६ : १८ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्