मिडिया ट्रायलविरुद्ध गंगा दाहालको आपत्ति « Khabarhub

मिडिया ट्रायलविरुद्ध गंगा दाहालको आपत्ति


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालकी छोरी गंगा दाहालले आफू र आफ्नो परिवारविरुद्ध सामाजिक सञ्जालमार्फत योजनाबद्ध रूपमा ‘मिडिया ट्रायल’ चलाइएको भन्दै आपत्ति जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै दाहालले नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण सामग्री फैलाइएको दाबी गर्दै त्यसलाई पूर्ण रूपमा खारेज गरेकी छन्।

उनले राजनीतिक पूर्वाग्रहका आधारमा सामाजिक सञ्जालको दुरुपयोग गरी आफूहरूलाई बदनाम गर्ने प्रयास भइरहेको आरोप लगाउँदै नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराएकी छन्। साथै, यस्ता गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्न माग गरेकी छन्।

दाहालले आफ्नो भाइ प्रकाश दाहालको निधनपछि पार्टीकै निर्णयअनुसार नेतृत्वलाई सहयोग गर्दै आएको उल्लेख गर्दै व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नगरी पार्टी र नेतृत्वको हितमा आफूले समय, ऊर्जा र क्षमता समर्पित गरेको बताएकी छन्।

उनले भनेकी छन्-

विगत केही दिनदेखि म र मेरो परिवारविरुद्ध योजनाबद्ध रूपमा चलाइएको “मिडिया ट्रायल” प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ।

नामै नसुनेका युट्युब, फेसबुक र टिकटक अकाउन्टहरूबाट फैलाइएका आधारहीन, भ्रामक र षड्यन्त्रपूर्ण दुष्प्रचारलाई म पूर्ण रूपमा खारेज गर्दछु। राजनीतिक पूर्वाग्रह राखेर सामाजिक सञ्जालको दुरुपयोग गरी बारम्बार बदनाम गर्ने काम आखिर किन भइरहेको छ? म नेपाल सरकार तथा सम्बन्धित सुरक्षा निकायको ध्यानाकर्षण गराउन चाहन्छु। साथै, यस्ता दुष्प्रचार गरेर समाजमा भ्रम सिर्जना गर्ने जोकोहीलाई कानुनबमोजिम कडा कारबाहीको माग गर्दछु!

मैले भाइ प्रकाशको असामयिक निधनपछि पार्टीकै निर्णयबमोजिम नेतृत्वलाई सहयोग गर्दै आएको यथार्थ सर्वविदित नै छ। व्यक्तिगत लाभ, पद वा प्रतिष्ठाको अपेक्षा नराखी मैले आफ्नो सम्पूर्ण ऊर्जा, समय र क्षमता पार्टी तथा नेतृत्वको हितमा समर्पित गर्दै आएकी छु।

सम्पूर्ण पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूलाई पार्टी र नेतृत्वको बदनाम गर्ने उद्देश्यले हाम्रा विरुद्ध चलाइएको मिडिया ट्रायलको सशक्त प्रतिवाद गर्न हार्दिक अनुरोध गर्दछु।

नेपाल सरकारका सम्बन्धित निकायहरूले आवश्यक ठानेको जुनसुकै छानबिन वा अनुसन्धानका लागि हामी पूर्ण रूपमा सरकारलाई सहयोग गर्न प्रतिबद्ध छौं। हेक्का रहोस्, सत्यलाई भ्रमले कहिल्यै पराजित गर्न सक्दैन।

अन्तमा, आम दिदीबहिनी तथा दाजुभाइहरूमा अफवाह र भ्रममा नपर्न हार्दिक अनुरोध गर्दछु। धन्यवाद!

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ७ : ३६ बजे

कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका

बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते

बर्दिया– रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उद्धार गरिएका बाढी प्रभावित

बेत्रावतीबासी भन्छन्- सानोतिनो बाढी पहिला पनि आउँथ्यो, यसरी सबै लैजाला भनेर सोचेका पनि थिएनौँ

बेत्रावती– नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी