हावाहुरी र असिनापानीले धानबालीमा क्षति, ७३ घरपरिवार प्रभावित (तस्बिरहरू) « Khabarhub

हावाहुरी र असिनापानीले धानबालीमा क्षति, ७३ घरपरिवार प्रभावित (तस्बिरहरू)


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा हावाहुरीसहितको वर्षाले भित्राउने तयारीमा रहेको धानबालीमा ठूलो क्षति पुर्‍याएको छ ।

मंगलबार आएको हावाहुरीका कारण बगुवन र सिसेनी क्षेत्रमा ६३ घरपरिवार प्रभावित भएका छन् भने काटेर भित्र्याउने तयारीमा रहेको चैते धान खेतमै भिजेको छ ।

बगुवन क्षेत्रमा विगत ५० वर्षदेखि बसोबास गर्दै आएकी मिना विकले खेतमा काटेर भित्राउने तयारीमा राखेको धान भिज्नुका साथै हावाहुरीले घरको छाना उडाउँदा धान, चामल र लत्ताकपडा समेत भिजेको बताइन् ।

‘पाँच कठ्ठामा लगाएको धान काटेर मुठा पार्दै गर्दा एक्कासि हावाहुरीसहित पानी पर्‍यो,’ उनले भनिन्, ‘खेतमा धान जसोतसो कुन्यु लगाएर घर पुगेँ, घरमा पनि हावाले टिनको छाना उडाइदियो। धन्न ज्यान जोगियो।’

जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ संजय ढकालका अनुसार बगुवन क्षेत्रमा करिब सात बिघा क्षेत्रफलमा काटेर राखिएको धानमा क्षति पुगेको छ। अधिकांश किसानले धान भित्र्याइसके पनि करिब ३० प्रतिशत धान अझै खेतमै रहेकाले त्यसमा क्षति पुगेको उनले बताए।

त्यस्तै, सिसेनी क्षेत्रमा करिब ५ बिघा क्षेत्रफलमा काटेको पचास प्रतिशत क्षती भएको छ भने पैतिस बिघामा नकाटिएको धानबाली असिनापानीका कारण प्रभावित भएको ढकालले जानकारी दिए ।

विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीका अनुसार मंगलबार आएको हावाहुरीका विस लाख बराबरको क्षति पुगेको अनुमान गरिएको छ । यहाँको सिसेनीमा २३, बगुवनमा ४०, ज्योगीकुटीमा १ र तल्लो ज्यामिरे ७ र पुरानो वस्तीमा २ गरी ७३ घरपरिवार प्रभावित भएका छन्। प्रभावित परिवारको घरका छाना उड्नुका साथै अन्नपात, लत्ताकपडा र अन्य सामग्रीमा समेत क्षति पुगेको छ । 

गाउँपालिकाले क्षतिको विवरण संकलन गर्दै आवश्यक राहत तथा सहयोग उपलब्ध गराउने तयारीमा रहेको उनले बताउए ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १२ : ४१ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा