शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ « Khabarhub

शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ठूलो सम्झौता भएको भनेर गरेको दाबीलाई तेहरानले अस्वीकार गरेको छ। तेहरानले अमेरिका र इरानबीच अहिलेसम्म कुनै अन्तिम सम्झौता नभएको स्पष्ट पारेको छ।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले सम्झौताको मस्यौदा सम्बन्धित निकायहरूको समीक्षामा रहेको र त्यसबारे अन्तिम निर्णय नभएको बताएका छन्।

उनका अनुसार वार्ताको अधिकांश भागमा सहमति जुटिसके पनि अमेरिकाले पटक–पटक आफ्नो अडान परिवर्तन गरेको छ।

उता इरानमाथि प्रस्तावित सैन्य आक्रमण स्थगित गर्ने ट्रम्पको निर्णयपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ।

शुक्रबार ब्रेन्ट क्रुडको मूल्य १.३ प्रतिशत घटेर प्रतिव्यारेल ८९.१७ डलरमा झरेको छ । अमेरिकी डब्लुटीआई क्रुड १.४ प्रतिशतले घटेर ८६.४८ डलर प्रतिव्यारेलमा कारोबार भएको छ।

साप्ताहिक आधारमा ब्रेन्ट ४.२ प्रतिशत र डब्लुटीआई ४.४ प्रतिशतले घटेको जनाइएको छ।

अर्कातिर इजिप्टले अमेरिका र इरानलाई जारी वार्तालाई निरन्तरता दिँदै बाँकी विवाद समाधान गर्न र युद्ध अन्त्यतर्फ अग्रसर हुन आग्रह गरेको छ।

इजिप्टको विदेश मन्त्रालयले अमेरिका द्वारा प्रस्तावित सैन्य आक्रमण रद्द गर्ने घोषणाको स्वागत गर्दै दुवै पक्षले अवसरको सदुपयोग गरी अन्तिम सम्झौतामा पुग्ने विश्वास व्यक्त गरेको छ। मन्त्रालयले क्षेत्रीय तनाव कम गर्न आफूले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर प्रयास जारी राखेको जनाएको छ।

ट्रम्पको दाबी, ‘इरानसँगको युद्ध अन्त्य गर्‍यौं’

अमेरिकी सिनेट उम्मेदवार ब्यार्री मुरको समर्थनमा आयोजित टेली–र्‍यालीमा बोल्दै ट्रम्पले अमेरिका र इरानबीचको विवाद समाधान भएको दाबी गरेका छन्।

उनले इरानले परमाणु हतियार नबनाउने प्रतिबद्धता जनाएको र अमेरिकाले चाहेका अधिकांश विषयमा सहमति प्राप्त भएको बताएका छन्। ट्रम्पका अनुसार सम्झौता लगभग पूरा भइसकेको छ।

ट्रम्पले अमेरिका र इरानबीचको शान्ति सम्झौतामा यही सप्ताहन्तभित्र हस्ताक्षर हुन सक्ने दाबी गरेका छन्। उनका अनुसार सम्झौता भएपछि स्ट्रेट अफ होर्मुजबाट जहाजहरूको आवतजावत पुनः सहज हुन सक्छ।

यद्यपि इरानले भने कुनै अन्तिम सहमतिको पुष्टि गरेको छैन। तेहरानका अनुसार प्रस्ताव अझै समीक्षा प्रक्रियामै रहेको छ र केही महत्वपूर्ण विषयमा निर्णय हुन बाँकी छ।

ट्रम्पले सम्भावित सम्झौताअन्तर्गत इरानसँग परमाणु हतियार नहुने र उसले त्यस्ता हतियार खरिदसमेत नगर्ने व्यवस्था रहने दाबी गरेका छन्।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ११ : ५५ बजे

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको

भारतबाट ल्याउँदै गरेको खैरो हेरोइनसहित युवक पक्राउ

झापा – झापाको मेचीनगर नगरपालिका–६ पिङ्कीबाट खैरो हेरोइनजस्तो देखिने पदार्थसहित