पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित « Khabarhub

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

तानसेन– उन्नत जातका धान उत्पादनमा किसानहरूको आकर्षण बढेको छ । निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने क्रममा रहेका हुन् । 

बढी फल्ने वर्णशङ्कर (हाइब्रिड) जातका धानको खेतीलाई किसानले प्राथमिकता दिन थालेपछि स्थानीय प्रजातिका उक्त धान विलुप्तोन्मुख हुन गएका हुन् ।  

यहाँस्थित धानका जातमध्येको अनदी धान लोपोन्मुख अवस्थामा पुगेको छ । माडीफाँटाका ५८ वर्षीय किसान छवि थापा ढिकीमा कुटेको अनदी धानको च्युराको स्वाद अझै बिर्सन नसकिने बताउँछन्। 

‘सानो उमेरमा चुलोमा अनदीको धान भुटेर ढिकीमा कुटेर तयार गरिएको च्युरा खाएको सम्झना अझै ताजा छ’, उनले भने, ‘अनदीको च्युरा निकै मिठो हुन्थ्यो, स्कुल जाँदा खल्तीभरि त्यही च्युरा भरेर खाँदै पुग्ने गर्दथ्यौँ, ती दिन अब सम्झनामा मात्रै बाँकी रहे ।’ थापाले भने।
 
अर्गेलीका किसान शोभाकर न्यौपानेले अनदीको धान  बीउका रूपमा जोगाउन मुस्किल पर्दै गएको बताउँछन्। माथागढी गाउँपालिका कसेनीका किसान दिलबहादुर रानाले एक दशकदेखि बजारबाट हाइब्रिड जातका धानको बीउ खरिद गर्दै आएका छन् । 
    
उनी हरेक वर्ष करिब चार हजार बराबरको बीउ खरिद गर्छन्। हाइब्रिड बीउले बढी उत्पादन दिने भएकाले अन्य जात प्रयोग गर्न उनले छोडेका हुन् । 
    
बगनासकाली गाउँपालिका नायरका किसान नवराज बस्याल र माथागढी कसेनीकै विष्णु कुँवरको अनुभव पनि उस्तै छ । 

‘पहिलेभन्दा धेरै उत्पादन हुन थालेपछि हामीले हाइब्रिड  बीउलाई निरन्तरता दिएका छौँ’, भने। 

कृषि ज्ञान केन्द्र पाल्पाका वरिष्ठ बागवानी अधिकृत मनिष पौडेलले स्थानीय समुदायको सक्रिय सहभागिता र सरकारी सहयोगबाट लोपोन्मुख स्थानीय धानलाई पुनर्जीवित गर्न सकिने सम्भावना रहेको बताउँछन्।  पौडेलको भनाइ । पाल्पामा सात हजार ३९५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । 
 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १२ : १३ बजे

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ

चीनको सिजाङमा पहिरो : नेपालीसहित २६१ विदेशीको अवस्था अज्ञात

ग्यिरोङ– दक्षिणपश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत चीन–नेपाल सीमाको ग्यिरोङ नाकामा