विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते « Khabarhub

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका छन् । ती घटनामा परी पाँच जनाको मृत्यु, एक जना बेपत्ता र ७ जना घाइते भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको दैनिक बुलेटिनअनुसार सबैभन्दा बढी १२ वटा आगलागीका घटना भएका छन् । यस्तै सात वटा सर्पदंश, पाँच वटा चट्याङ, दुई-दुई वटा पहिरो र नदीजन्य विपद्का घटना तथा एक–एक वटा लेक आउटबर्स्ट, चट्याङ, बाढी र जंगल तथा वन्यजन्तुसम्बन्धी घटना भएका छन् ।

विपद्का घटनाबाट २२ जिल्ला प्रभावित भएका छन् । प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सर्पदंशबाट २ जना, आगलागीमा परेर, लेक लागेर एक जना केबलकार दुर्घटनामा परेर एक जना गरी ५ जनाको मृत्यु भएको छ । 

विपद्का घटनाबाट करिब १८ लाख ८ हजार रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । मनसुन नजिकिँदै जाँदा आगलागी, सर्पदंश, चट्याङ र पहिरोका घटनामा सतर्कता अपनाउन प्राधिकरणले सर्वसाधारणलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १ : ०९ बजे

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी

गाभीले नेपाललाई ३ करोड ९६ लाख डलर बराबरको खोप र १ करोड ८० लाख डलर अनुदान दिने

काठमाडौं– नेपाल सरकार र ‘गाभी, द भ्याक्सिन एलाइन्स’बीच सन् २०२७

हेटौंडाको सामुदायिक वनभित्र बोरामा भेटियो महिलाको शव

मकवानपुर- मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र हालेर

सिलिन्डरसहित लाइनमा छन् उपभोक्ता, तर मन्त्री भन्छिन्- ग्यासको अभाव छैन, माग नै धेरै भयो

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ग्यास अभाव नभई मागमा

फिफा अध्यक्ष इन्फान्टिनोको बचाउ र समर्थनमा उत्रियो अर्जेन्टिना फुटबल संघ

काठमाडौं– अर्जेन्टिना फुटबल संघ (एएफए) ले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई