पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ « Khabarhub

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश जारी गरेको छ।

लेनिन विष्टसहितले दायर गरेको रिटमा तत्कालीन प्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईसमेतलाई विपक्षी बनाइएको थियो। उक्त मुद्दामा सर्वोच्चले शुक्रबार रिट निवेदकको माग बमोजिम परमादेश जारी गरेको हो।

यससँगै बालसैन्य भर्ना गरेको कसुर विष्टले दर्ता गएको रिटमा आएको फैसलाबाट अब प्रचण्ड र बाबुरामलाई कानुनी कारबावाहीको बाटो पनि खुलेको छ।

फैसलापछि लेनिन विष्टले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्व बालसैनिकहरूको न्याय र एकताका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘पूर्व बालसैनिकको न्याय र एकताबद्धताका लागि सहयोग गर्ने सबैलाई बधाई। आज हामीले एउटा ठूलो लडाइँ जितेका छौं। आज सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश जारी गरेको छ। फेरि पनि सबैलाई धन्यवाद, बधाई छ।’

सर्वोच्च अदालतको पूर्ण फैसलाको विस्तृत पाठ भने सार्वजनिक हुन बाँकी रहेको छ। त्यसपछि परमादेशको दायरा र कार्यान्वयनसम्बन्धी थप विवरण स्पष्ट हुने आशा छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १ : ५६ बजे

भोटेकोशीले पढाएको पाठ : नेपाल-चीन-भारत भौगर्भिक सहकार्य

काठमाडौं– सन् २०२६ अगस्ट २६ मा नेपाल–चीन सीमावर्ती हिमाली क्षेत्रमा

बाढी प्रभावितलाई खाना खुवाउँदै दुर्गेश

काठमाडौं – गायक तथा मोडल दुर्गेश थापा रसुवा बाढी प्रभावितहरूलाई

सरकारले समन्यव नगर्दा राहत र उद्धारमा समस्या : बाढीको चार दिनपछि रविले थाले स्थानीय तहसँग संवाद

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले बाढीको चार

त्रिशूली थ्री ‘ए’को सुरुङको मुखसम्म उद्धार टोली : बोलाउँदा भित्रबाट कसैको आवाज आएन

काठमाडौं- माथिल्लो त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका मजदुर

बाढीपछि थुनिएकाहरूको उद्धारमा प्रगति : त्रिशूली–३ ‘ए’ को सुरुङ भेटियो

काठमाडौं– रसुवामा आएको भीषण बाढीका कारण माथिल्लो त्रिशूली–३ ‘ए’ जलविद्युत्