पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ « Khabarhub

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ


२९ जेष्ठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश जारी गरेको छ।

लेनिन विष्टसहितले दायर गरेको रिटमा तत्कालीन प्रधानमन्त्री तथा पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराईसमेतलाई विपक्षी बनाइएको थियो। उक्त मुद्दामा सर्वोच्चले शुक्रबार रिट निवेदकको माग बमोजिम परमादेश जारी गरेको हो।

यससँगै बालसैन्य भर्ना गरेको कसुर विष्टले दर्ता गएको रिटमा आएको फैसलाबाट अब प्रचण्ड र बाबुरामलाई कानुनी कारबावाहीको बाटो पनि खुलेको छ।

फैसलापछि लेनिन विष्टले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पूर्व बालसैनिकहरूको न्याय र एकताका लागि सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।

उनले लेखेका छन्, ‘पूर्व बालसैनिकको न्याय र एकताबद्धताका लागि सहयोग गर्ने सबैलाई बधाई। आज हामीले एउटा ठूलो लडाइँ जितेका छौं। आज सर्वोच्च अदालतको पूर्ण इजलासले परमादेश जारी गरेको छ। फेरि पनि सबैलाई धन्यवाद, बधाई छ।’

सर्वोच्च अदालतको पूर्ण फैसलाको विस्तृत पाठ भने सार्वजनिक हुन बाँकी रहेको छ। त्यसपछि परमादेशको दायरा र कार्यान्वयनसम्बन्धी थप विवरण स्पष्ट हुने आशा छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८३, शुक्रबार  १ : ५६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म