‘वालेन्द्रसँग भारत सन्तुष्ट छैन, रविलाई सरकारको नेतृत्वमा ल्याउन चाहन्छ’ « Khabarhub

‘वालेन्द्रसँग भारत सन्तुष्ट छैन, रविलाई सरकारको नेतृत्वमा ल्याउन चाहन्छ’


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले सत्ता टिकाउनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादमा बेलायतको प्रसङ्ग उठाएको टिप्पणी गरेका छन् । 

शुक्रबार काठमाडौंमा एमाले बागमती प्रदेश संगठन कमिटीको बैठकलाई सम्बोधन गर्दै उपाध्यक्ष थापाले भारत वर्तमान नेपालको नेतृत्वप्रति असन्तुष्ट देखिएको दाबी गरे ।

यस्तोमा वालेन्द्रले सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले सीमा विवाद मिलाउने नाममा बेलायतको संलग्नताको प्रसङ्ग उठाएको टिप्पणी उनले गरेका हुन् । 

थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भारत भ्रमणका क्रममा भएको स्वागतको राजनीतिक अर्थ ठूलो रहेको बताएका छन् । 

अहिलेको विद्यमान नेतृत्वसित भारत सन्तुष्ट नरहेको भारतले अरू कसैलाई नेतृत्व स्थापना गर्न मद्दत गर्न चाहेको जस्तो देखिएको जिकिर बादलले गरेका छन् ।

एमाले संसदीय दलका नेतासमेत रहेका थापाले २०८२ भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलन र त्यसबेलाको घटना कुनै क्रान्ति नभई प्रतिगमन भएको दाबी गरे ।

अहिलेको सरकार स्थापित भएदेखि नै स्वेच्छाचारिता र अधिनायकवाद लागू गर्न खोजेको उनको भनाइ छ ।

त्यस्तै उपाध्यक्ष थापाले जनतामा भ्रम छेरेर रास्वपाले विजय प्राप्त गरेको भन्दै उक्त कुरा धेरै दिन नटिक्ने उल्लेख गरे । 

उनले पार्टीभित्रका कमीकमजोरीसच्याएर आगामी दिनमा विजय हासिल गर्ने योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिए । 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ३ : ५९ बजे

हङकङबाट नेपालतर्फ लागे शेरबहादुर देउवा, पाँच महिनापछि स्वदेश फर्किँदै

काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो

किशोर श्रेष्ठ पक्राउ परेपछि उपसभामुखको विवादास्पद पोस्ट : ‘पत्रकारको भेषमा राक्षस हाे’

काठमाडाैं – पत्रकार किशोर श्रेष्ठ पक्राउ परेपछि प्रतिनिधिसभाकी उपसभामुख रूबी

शिक्षामन्त्री पोखरेलद्वारा न्यूरोविकाससम्बन्धी अवस्था र बाल मानसिक स्वास्थ्य सेवाबारे छलफल

काठमाडाैं – सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले

युवा वर्गको चाहनाअनुसारको काम गरेर देखाउनुपर्ने छ : सभापति लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकले

पत्रकार किशोर श्रेष्ठ पक्राउ

काठमाडौं – पत्रकार किशोर श्रेष्ठ बुधबार राति पक्राउ परेका छन्