पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति « Khabarhub

पत्रकार र सांसदमाथि अर्थमन्त्रीको टिप्पणीप्रति प्रदीप ज्ञवालीको आपत्ति


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले)का नेता प्रदीप ज्ञवालीले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई आफूमाथि उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिन आग्रह गर्दै पत्रकार र सांसदप्रति गरिएको टिप्पणीप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया जनाउँदै ज्ञवालीले अर्थमन्त्रीको आलोचना गर्ने सञ्चारमाध्यमहरूलाई ‘खोस्टा’ भन्न नमिल्ने बताएका छन् ।

‘कतिपय सीमाहरू होलान्, तर मिडियाहरू लोकतन्त्रका पहरेदार हुन्,’ उनले लेखेका छन् । उनले आर्थिक विधेयकमा गरिएको परिवर्तनका कारण नै अर्थमन्त्रीमाथि प्रश्न उठेको उल्लेख गर्दै संसदको अवमूल्यन हुने गरी ‘नीतिगत सेटिङ’ गरिएको आरोप लागेको बताएका छन् ।

उक्त परिवर्तनले राजस्व संरचनामा ठूलो प्रभाव पारेको र त्यसको लाभ सीमित व्यक्ति वा घरानाले पाएको उनको दाबी छ । ज्ञवालीले अर्थमन्त्रीले उठेका प्रश्नहरूको तथ्यगत जवाफ दिनुको सट्टा व्यक्तिगत आरोपमा उत्रिएको टिप्पणी गरेका छन् ।

पत्रकारहरूलाई ‘माइक्रोसफ्ट वर्ड चलाउन नजानेका’ भन्दै उपहास गरिएको र आलोचक सांसदहरूलाई धम्कीपूर्ण शैलीमा प्रस्तुत भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

“त्यस्तो कैफियत भएका कोही छन् भने कानुनसम्मत कारबाही गर्न कसले रोकेको छ र ?” भन्दै ज्ञवालीले लेखेका छन्, “तर यस्तो उत्तेजनाले तपाईँप्रति झन् गम्भीर प्रश्न खडा गर्छन्, होइन र ?” अर्थमन्त्री वाग्लेको पछिल्लो अभिव्यक्तिपछि आर्थिक विधेयक र करसम्बन्धी विषयमा राजनीतिक बहस थप चर्किएको छ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ३ : ४२ बजे

आजदेखि विश्व स्तनपान सप्ताह मनाइँदै

काठमाडौँ– विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ), विभिन्न

सिरहा घटनामा मृत्यु भएका गणेश यादवका परिवार र सरकारबीच ७ बुँदे सहमति

सिरहा– सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले