गोर्खाली सैनिकबारे परराष्ट्रमन्त्री खनालसँग वार्ता गर्ने बेलायती रक्षामन्त्रीद्वारा राजीनामा « Khabarhub

गोर्खाली सैनिकबारे परराष्ट्रमन्त्री खनालसँग वार्ता गर्ने बेलायती रक्षामन्त्रीद्वारा राजीनामा


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलायती रक्षामन्त्री जोन हेलीले राजीनामा दिएका छन् । प्रधानमन्त्री किर स्टार्मरसँग असन्तुष्टि जनाउँदै रक्षामन्त्री हेलीले पदबाट राजीनामा दिएका हुन् ।

प्रधानमन्त्री स्टार्मरले बढ्दो जोखिमबाट मुलुकलाई जोगाउन आवश्यक स्रोत उपलब्ध गराउन नसकेको भन्दै उनले राजीनामा दिएका हुन् । हेलीको राजीनामासँगै प्रधानमन्त्री स्टार्मरको सरकार पनि संकटमा परेको छ ।

बेलायती रक्षामन्त्री हेलीसँग केही दिनअघिमात्रै परराष्ट्रमन्त्री शिशिर खनालले भर्चुअल संवाद गरेका थिए । दुई देशका मन्त्रीबीच भएको संवादका क्रममा बेलायती सेनामा सेवा गर्ने गोर्खाली सैनिककको हकहितका विषयमा छलफल भएको थियो ।

स्टार्मरले हेलीको राजीनामा दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । उनले सुरक्षामन्त्री डान जार्भिसलाई नयाँ रक्षामन्त्री नियुक्त गरेका छन् ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ४ : ०५ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,