घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज « Khabarhub

घरदैलोमा राहदानी पाउँदा नागरिकलाई सहज


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

वालिङ– पछिल्लो समय यहाँका सेवाग्राहीको हुलाकसँग विश्वास बढ्दै गएको छ ।

यहाँस्थित इलाका हुलाक कार्यालय र जिल्ला हुलाक कार्यालयले जनताका घरघरमा राहादानी पुर्‍याउन थालेपछि हुलाकसँग स्याङ्जावासीको विश्वास बढेको हो ।

नेपाल सरकारको शासकीय सुधारसम्बन्धी एक सुदिने कार्यक्रमअन्तर्गत गृह मन्त्रालय हुँदै जिल्ला प्रशासन कार्यालयबाट हुलाकमा राहदानीहरू पठाउने र हुलाक कार्यालयमार्फत घरदैलोमै राहादानीलगायत अन्य जनताका आवश्यक कागजाज पुर्‍याउन थालिएको स्याङ्जाका प्रमुख हुलाक अधिकृत गुरुप्रसाद मरासिनीले जानकारी दिए ।

हुलाकको यो सेवा सरल, सहज र सर्वसुलभ भएकाले  पछिल्लो समय हुलाकप्रति नागरिकहरूको आकर्षण बढ्दै गएको छ । 

स्याङ्जाको पुतलीबजार नगरपालिका–१३ हल्लेखोलाकी मञ्जु रानामगर, हरिनास गाउँपालिका–१ सालडाँडाकी भविसरा थापा, अर्जुनचौपारी गाउँपालिका–१ का खुतबहादुर क्षेत्रीले केही दिनअघि हुलाकका कर्मचारीमार्फत घरमै राहदानी पाउँदा खुसी लागेको बताए ।

जिल्ला प्रशासन कार्यालय स्याङ्जा र जिल्ला हुलाक कार्यालय स्याङ्जाबीच वैशाख २८ गते सेवाग्राहीका घरमै पुगी सेवाग्राहीलाई राहादानी हातमा नै दिने सम्झौता भएको थियो । 
 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ४ : ३४ बजे

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

पर्सा– रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९

केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

नुवाकोट– परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई

मातृमृत्यु घटाउन अफ्रिकामा पुरुष ‘मिडवाइफ’को भूमिका बढ्दै

मोहालेस होक- अफ्रिकामा सुत्केरीसम्बन्धी जटिलताबाट हुने मातृमृत्यु घटाउने प्रयाससँगै पुरुष

ओलीको आरोप, ‘विपत्तिमा सबै मिलेर काम गर्नुपर्नेमा सरकार साधनस्रोत कब्जा गरेर बस्यो’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले रसुवाको

आजै ४ बजे रास्वपा केन्द्रीय समितिको बैठक बस्ने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्ने भएको छ