अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत « Khabarhub

अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस् प्रस्ताव स्वीकृत


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्गराज पौडेलले राष्ट्रियसभामा उत्पत्ति भएको सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए  । 

सांसदहरूले राखेको जिज्ञासाको जवाफमा मन्त्री पौडेलले अमूर्त सम्पदाको संरक्षणको महत्त्वपूर्ण पक्ष आर्थिक उपार्जनको एउटा गोरेटो खोल्नु पनि भएको बताए । उनले अमूर्त सम्पदाको संरक्षणका लागि सरकारका तर्फबाट विशेष पहल र प्रयास हुने बताए । 

सरोकारवाला निकायको उत्तिकै साथ र सहयोग रहनुपर्ने मन्त्री पौडेलको कथन थियो । विधेयकले राष्ट्रिय स्वाभिमानको जगेर्ना गर्ने, नेपाली हुनुको पहिचानको सही अर्थ दिने र हामीले अभ्यास गर्दै आएको ऐतिहासिक, पारम्परिक ज्ञान पद्धतीलाई मान्यता दिने स्पष्ट पारे ।

संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि अधिकतम प्रयास आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पौडेलले नेपालका अनेकन जात्रा र पर्व त्यसका उदाहरण भएको उल्लेख गरे । 

त्यसअघि सांसदहरू कृपया महर्जन, प्रकाशचन्द्र परियार, प्रमीलाकुमारी गछदार, गणेश कार्की, समीक्षा बाँस्कोटा, अनुष्का श्रेष्ठ, रिमा विश्वकर्मा, ताहीर अलि भाट, रञ्जु न्यौपाने, परशुराम तामाङ, राजीव खत्री, गुरुप्रसाद बराल, रुकेश रञ्जित, आशिष गजुरेल, रहवर अन्सारी, भरत गिरी, भीमकुमारी बुढा, सुम्निमा उदास, सुलभ खरेल, सजिता खातुन सिद्धिकी, विश्वराज पोखरेले, मदनकृष्ण श्रेष्ठ, मनमाया विश्वकर्माले विधेयकको विविध पक्षमा आफ्नो धारणा राखेका थिए  । 

बैठकमा युवा, श्रम तथा रोजगारमन्त्रीको कार्यभार सम्हालेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ नं ८१’ पेस गरिन् । ‘अन्तर्राष्ट्रिय श्रम सङ्गठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं २९ ’ पेस गरिन् ।  

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते सोमबार बिहान ११ बजे बस्नेछ । 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ५ : ०३ बजे

हुम्लामा नेपाल–भारत मैत्री अस्पताल भवनको शिलान्यास

काठमाडौं- हुम्लास्थित चंखेली गाउँपालिका–२ मा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको

नेपाल एयरलाइन्समा सरकारको बदमासीलाई सर्वोच्चले रोकिदियो, योग्यताक्रम मिचेर गरिएको नियुक्ति बदर

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)

भारतको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै

काठमाडौं– भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक