बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव « Khabarhub

 बजेटलाई जनता केन्द्रित बनाउन अर्थमन्त्रीलाई सुझाव


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाका सदस्यहरूले आर्थिक वर्ष २०८३/८४को प्रस्तुत बजेटलाई जनता केन्द्रित बनाउन सुझाव दिएका छन् । 

राष्ट्रियसभाको आजको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको  सामान्य छलफलमा भाग लिँदै सांसद नारायणदत्त मिश्रले नेपालमा अर्थतन्त्रमाथि अनेकौँ चुनौती रहेकाले त्यसलाई सम्बोधन गर्ने बजेट परिमार्जन गर्न सरकारलाई सुझाव दिए ।

सांसद झक्कुप्रसाद सुवेदीले सीमान्तकृत समुदायमैत्री बजेट हुनुपर्नेमा जोड दिए । सांसद सम्झना देवकोटाले प्रस्तुत बजेट चालु आवको बजेटको संशोधित आकारभन्दा २५.२ प्रतिशतले वृद्धि हुनु आफैँमा महत्वकाङ्क्षी भएको जनाइन् । सांसद मोहम्मद खालिदले आगामी आवको बजेटले महँगी बढाउने र जनतामा मर्कामा पर्न सक्ने अवस्था देखिएको बताए । 

सांसद ललितजङ्ग शाहीले गरिबीको रेखामुनि रहेका जनताको शिक्षा र स्वास्थ्य निःशुल्क बनाउन बजेट केन्द्रित हुनुपर्नेमा धारणा राखे  । सांसद सुरेशकुमार आलेमगरले बजेटले राखेको सात प्रतिशत आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न मिहिनेत गर्नुपर्ने बताए । 

सांसद रामकुमारी झाँक्रीले बजेटले मुलुकको व्यावहारिक समस्या समाधान गर्न सक्नेमा आशङ्का व्यक्त गरिन् । सांसद दुर्गा गुरुङले बजेटले स्वदेशमै रोजगारी सृजना गर्नेतर्फ बाटो देखाउनुपर्नेमा त्यो हुन नसकेको बताइन् । सांसद नरबहादुर विष्टले नेपाली समाजको आवश्यकतालाई सम्बोधन गर्न सक्नुपर्ने धारणा राखिन् । 

सांसद सोमनाथ पोर्तेलले दलित समुदायसँग माफी माग्ने र सुधारका कार्यक्रम ल्याउने बाचा पूरा गर्न आग्रह गरिन् । सांसद राजेन्द्रलक्ष्मी गैरेले महिलाका दबिएका आवाजलाई सम्बोधन गर्ने कार्यक्रमसहित बजेट परिमार्जन गर्न सुझाव दिइन् । सांसद रोशनी मेचेले पुँजीगतभन्दा पनि चालु खर्च बढी हुँदा विकास निर्माणको अपेक्षा पूरा हुन नसक्ने बताइन् ।  

बैठकमा सांसद विष्णुकुमारी सापकोटा, वासुदेव घिमिरे, भुवनबहादुर सुनार, गीता देवकोटा, विष्णुबहादुर विश्वकर्मा, श्रीकृष्णप्रसाद अधिकारीलगायतले बजेटलाई जनमुखी बनाउनुपर्ने धारणा राखिन् ।

आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहेकाले सभाको अर्को बैठक असार १ गते दिउँसो १ः१५ बजे बस्नेछ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ६ : १४ बजे

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशमा सरोकारवालासँग छलफल

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रमलाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउन

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म एक

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ- चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको उद्धार

काठमाडौं– रसुवाको भोटेकोशीमा आएको बाढीका कारण प्रभावित १३ हजारभन्दा बढीको

सुरुङबाट उद्धार गरिएका दुवैको आईसीयूमा उपचार हुँदै, कबीरले सुरुमा चिनेनन् आफन्त

काठमाडौं– रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवित उद्धार गरिएका