कर्णालीमा कर्मचारी अभावको गुनासो « Khabarhub

कर्णालीमा कर्मचारी अभावको गुनासो


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काँक्रेविहार– कर्णाली प्रदेश सरकार मातहतमा २८ प्रतिशत कर्मचारी अपुग देखिएको छ । कर्णालीका स्थानीय तहमा एक हजार ३६३ कर्मचारीको दरबन्दी रिक्त छ । 

गत चैत १९ गते बसेको मन्त्रीपरिषद् बैठकले नयाँ सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) स्वीकृत नहुँदासम्म आयोगमा पदपूर्तिका लागि कुनै पनि विवरण नपठाउने निर्णय गरेको थियो ।

सोहीअनुसार स्थानीय तहहरूले कर्मचारी माग आकृति फाराम नपठाउँदा खुलातर्फको विज्ञापन शून्य भएको हो । ओएनएमको काम अझै नसकिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकले बताए । 

आयोगले गत असारमा प्रदेश निजामती सेवा र स्थानीय सेवाका सहायकस्तर चौथो तह (अप्राविधिक र प्राविधिक) ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा, आन्तरिक अन्तर सेवा प्रतियोगिता, खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको थियो । 

त्यसयता करिब ११ महिनाको अवधिमा खुलातर्फका सूचना नभएको आयोगका सूचना अधिकारी सन्तोष पाण्डेले बताए । प्रदेश लोक सेवा आयोगले लामो समयपछि यही जेठ ६ गते चौथो र पाँचौँ तहको बढुवाका लागि तीन वटा सूचना प्रकाशन गरेको उनले जानकारी दिए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार कर्णालीका ७९ वटा स्थानीय तहमा पाँच हजार ६६० दरबन्दी कायम गरिएको छ । जसमा चार हजार २९७ कर्मचारी कार्यरत छन् । प्रदेशमा सबैभन्दा बढी प्रशासनतर्फ ४७७ कर्मचारीको दरबन्दी रिक्त छ । त्यस्तै, इन्जिनियरिङमा ४२१, कृषितर्फ २३७, स्वास्थ्य सेवातर्फ १५२, शिक्षा सेवामा ५१ र विविध सेवामा २५ जनशक्ति रिक्त छ ।

कार्यालयका सूचना अधिकारी सुरेन्द्रबहादुर शाहीले प्राविधिकतर्फका कर्मचारीको दरबन्दी पूर्ति नहुँदा सेवाप्रवाह र विकास निर्माणमा नकारात्मक असर परेको बताए । उनका अनुसार शिक्षातर्फ पाँचौँदेखि नवौँ तहसम्म १८३ दरबन्दी कायम गरिएकामा १३२ जनाको पदपूर्ति भएको छ भने इन्जिनियरिङतर्फ एक हजार ५५ दरबन्दी स्वीकृत भएकामा ६३४ जना कार्यरत छन् । 

प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा, प्रदेश प्रहरी सेवा, प्रदेशसभा सेवा, प्रदेश अन्य सरकारी सेवा, प्रदेश सङ्गठित संस्थाको सेवा र स्थानीय सेवाको पदमा उम्मेदवार छनोट गर्ने कानुनी अधिकार पाएको छ । कर्णाली सरकारले प्रशासनिक पुर्नसंरचना लागि अघिल्लो वैशाख ५ गते पूर्वसचिव लक्ष्मण अर्यालको संयोजकत्वमा चार सदस्यीय उच्चस्तरीय समिति गठन गरेको थियो । 

समितिले झण्डै दुई महिनाको अध्ययनपछि गत असार १५ गते सरकारलाई आठ मन्त्रालयको सङ्ख्या घटाएर छ वटामा झार्ने, केही निर्देशनालय र कार्यालय खारेज गर्ने तथा करिब दुई हजार ९०० को सङ्ख्यामा रहेको कर्मचारी दरबन्दी घटाएर दुई हजार ५०० कायम गर्नेलगायत सिफारिससहितको प्रतिवेदन बुझाएको थियो । सोहीअनुसार प्रदेश सरकारले नयाँ ओएनएम गर्न लागेको हो । 

समितिको सिफारिसअनुसार गत मङ्सिर १ गतेदेखि आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा गाँभिएको थियो भने मन्त्रालयमा रहेको २५ दरबन्दी कटौती गरिएको थियो । नयाँ ओएनएमका लागि स्थानीय तहबाट कर्मचारीको दरबन्दी विवरण माग गरिएको मुख्यमन्त्री कार्यालयका सचिव विकले जानकारी दिए  । 
 

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ६ : १७ बजे

काभ्रे बस दुर्घटना : मृतक ८ मध्ये ४ जनाको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक – काभ्रेको रोशी गाउँपालिका–७ स्थित बुचाकोटमा शुक्रबार भएको बस

सेवा सहजीकरणमा युवा परिचालन गर्न तयार भयो कार्यविधिको मस्यौदा

काठमाडौं – भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयले ‘सेवा

इरानको निकट समूहद्वारा एफबिआईको ड्रोन ह्याक गरेको दाबी

वासिङ्टन – इरानसँग सम्बन्धित एक ह्याकर समूहले एफबिआई ड्रोनहरू ह्याक

रास्वपाका नेता कार्यकर्ता अब संयम र अनुशासनमा बाँधिनुपर्छ : महामन्त्री बुर्लाकोटी

कास्की – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले