भारतको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै « Khabarhub

भारतको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत सरकारको सहयोगमा कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका-४ मा जनज्योति माध्यमिक विद्यालयको भवन निर्माण गरिने भएको छ । भारत सरकारको करिब नौ करोड ३० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्माण हुन लागेको भवनको आज शिलान्यास गरिएको हो ।

उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन कालीकोटको सान्नीत्रिवेणी गाउँपालिकामार्फत गरिने भारतीय दूतावासले जनाएको छ । यो कालीकोट जिल्लाकै पहिलो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो ।

सान्नीत्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहनबहादुर केसीसहित अन्य सरोकार भएका निकायका प्रतिनिधिले भारत सरकारद्वारा प्रदान गरिएको विकास सहयोगको प्रशंसा गरे । उनीहरूले नयाँ पूर्वाधारले गाउँपालिकाभित्रका विद्यार्थी र शिक्षकहरूका लागि सिकाइ वातावरण सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले श्रव्यदृश्य (भिडियो) सन्देशमार्फत उक्त परियोजनाका सम्पूर्ण सरोकार भएकाहरूलाई शुभकामना व्यक्त गरे ।

साथै उनले साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता व्यक्त गरे । 

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता भारत सरकारद्वारा नेपालका सबै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६०० वटा परियोजनाहरू सञ्चालन गरिएका छन् । तीमध्ये १८ वटा परियोजना कर्णाली प्रदेशका विभिन्न क्षेत्रमा सञ्चालित छन् । 

यसका अतिरिक्त, भारत सरकारले कालीकोटमा चार एम्बुलेन्स र दुई वटा स्कुल बससहित कर्णाली प्रदेशका स्वास्थ्य तथा शिक्षा क्षेत्रमा कार्यरत विभिन्न संस्थालाई ५६ एम्बुलेन्स र १४ स्कुल बस उपहार स्वरूप प्रदान गरेको छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  ६ : ५६ बजे

बढी र पहिरोका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– अविरल वर्षा, बाढी तथा पहिरोका कारण देशका विभिन्न जिल्लाका

चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइनेपर्सामा सुरक्षाको प्रभावकारी प्रबन्ध मिलाइने

विरगन्ज– पर्सा जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाका सबै सुरक्षा निकायले

चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन

काठमाडौँ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चिया तथा कफी

बालिकालाई अनैतिक कार्यमा लगाउने चार महिला पक्राउ

गण्डकी– पोखरा महानगरपालिका–१८ चिसाखोलाका विभिन्न खाजाघरमा बालिकालाई अनैतिक कार्यमा लगाएको