७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ « Khabarhub

७ वर्षअघि गाउँपालिका कार्यालयमा बम राखेको आरोपमा विप्लव कार्यकर्ता पक्राउ


२९ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । जाजरकोटको बारेकोट गाउँपालिका कार्यालयमा बम राख्ने नेपाली कम्यनिस्ट पार्टी(विप्लव) समूहका कार्यकर्ता सात वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ‘महान्’ भनिने खिबहादुर खत्री रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

उनीसमेतका व्यक्तिहरूले २०७६ असार ९ गते राति बारेकोट गाउँपालिकाको लिम्सास्थित कार्यालय भवनमा गाउँपालिका अध्यक्षको ढोका अगाडि दुई वटा (पाइप बम र बट्टा बम) राखेको प्रहरीले जनाएको छ ।

यस्तै, सोही वर्ष मंसिरमा नलगाड नगरपालिका–५ स्थित बाटोमा पनि बम विष्फोट गराएको मुद्दा पनि उनीमाथि रहेको प्रहरीले जनाएको छ ।

त्यसयता उनी फरार रहेको जाजरकोट प्रहरीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

यसैक्रममा उनलाई शुक्रबार दिउँसो जाजरकोटकै भेरी नगरपालिका–३ बाट पक्राउ गरेर जाजरकोट जिल्ला अदालतमा बुझाइएको प्रहरी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २९ जेठ २०८३, शुक्रबार  १० : ४१ बजे

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक