आज २०८३ साल असार २८ गते आइतबारको राशिफल « Khabarhub

आज २०८३ साल असार २८ गते आइतबारको राशिफल


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


621
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल असार २८ गते आइतबार सन् २०२६ जुलाई १२ तारिख। असार कृष्ण पक्षको त्रयोदशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष: सोचेका काम बन्नेछन्। विदेशी रमझमले मन आकर्षित गर्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। शिक्षामा गरेको लगानीबाट नाफा आर्जन हुने योग छ। बन्धुको साथ मिल्नेछ।

वृष: बोलीको प्रभावले राम्रो काम बन्ने छ। स्पष्ट बोल्नु उचित हुन्छ। दीर्घकालीन योजना बन्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। शिक्षाको क्षेत्रमा प्रगति हुने देखिन्छ।

मिथुन: शुभकार्यमा सहभागी हुने अवसर मिल्नेछ। खानपानमा समस्या हुँदा स्वास्थ्य बिग्रने खतरा छ। शिक्षामा प्रगति हुनेछ। दक्षिणको यात्रा नगर्नु उचित हुन्छ। राजनीतिमा भने सेवाको अवसर मिल्नेछ।

कर्कट : तपाईंको बोलीले काम बन्ने छ । दाम्पत्य जीवनमा फाइदा हुने योग छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। दान गरेर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ।

सिंह :आम्दानी बढे पनि स्वास्थ्यमा भने समस्या हुनेछ। परिवारलाई समय दिइने छ । बौद्धिक व्यक्तिसँग सल्लाह लिएर अगाडि बढेमा सोचेको काम बन्नेछ।

कन्या : सोचेका काम बन्दा मनमा खुशी मिल्नेछ । शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। निजी क्षेत्रको शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यले साथ दिँदा परिवारमा मेलमिलाप हुनेछ। दक्षिणको एकल यात्रा नगर्नु राम्रो हुन्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक :दाजुभाइसँगको सहकार्यले नाफा हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। अभिभावकसँगको भेटले मन शान्त बन्नेछ। भाग्यको स्थानमा शुभग्रह भएकाले अग्रजको सल्लाह लिएर काम गर्नुपर्ने देखिन्छ।

धनु : सोचेर बोल्नुपर्ने दिन छ । जग्गा सम्बन्धी कारोबारबाट फाइदा हुने देखिन्छ। स्वास्थ्यले साथ दिनेछ। आफन्तको भन्दा बाहिरका साथीको साथ र सहयोग प्राप्त हुनेछ।

मकर : शुभ समाचार प्राप्त हुनेछ । सञ्चित धन खर्च भए पनि इज्जत बढ्ने योग छ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। पढाइमा हिम्मत गर्नु उचित हुन्छ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

कुम्भ : यात्रामा भए खर्च बढ्नेछ। दिन अनावश्यक खर्चमा बितेको अनुभव हुनेछ। बौद्धिक व्यक्तिसँगको सहकार्यमा अवरोध सिर्जना हुनेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ।

मीन : आम्दानी बढ्ने योग छ। स्वास्थ्य उपचारमा भए सुधार हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : ०९ बजे

यी भूभागमा धेरै ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

स्विट्जरल्यान्डविरुद्ध मेसीको जादू चल्ने आस

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनल खेलमा आज

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको आधिकारिक

विश्वकप क्वार्टरफाइनल: साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड भिड्दै

काठमाडौँ – फिफा विश्वकप २०२६ को अन्तिम क्वार्टरफाइनलमा साविक विजेता

बेलिङ्घमको दुई गोलमा इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा : नर्वे बाहिरियो

काठमाडौँ – इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को विश्वकपको सेमिफाइनलमा पुगेको