नबिल बैंकको ४२औँ वार्षिकोत्सव : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै यात्रा तय गर्ने प्रतिबद्धता « Khabarhub

नबिल बैंकको ४२औँ वार्षिकोत्सव : ‘बैंकिङ एण्ड बियोन्ड’ र एआई प्रविधिको नेतृत्व गर्दै यात्रा तय गर्ने प्रतिबद्धता


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नबिल बैंक लिमिटेडले स्थापनाको ४२औँ वर्ष पूरा गरेको छ । बैंकले वार्षिकोत्सवको अवसरमा परम्परागत बैंकिङको सीमाभन्दा माथि उठेर वित्तीय सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । बैंकले‘बैंकिङ एण्ड बियोन्ड’ अवधारणालाई अझ सबल रूपमा अघि सारेको जनाएको छ ।

बैंकका अध्यक्ष निर्वाणकुमार चौधरीले बैंकको विगत, वर्तमान र भविष्यको मार्गचित्र स्पष्ट पारे ।

अध्यक्ष चौधरीले भने, ‘आज नबिल बैंक ४२ वर्षको उत्कृष्ट यात्राको साक्षी बनिरहँदा म सम्पूर्ण ग्राहक, शेयरधनी, नियामक निकाय, साझेदार र हाम्रा समर्पित कर्मचारीहरूप्रति कृतज्ञता व्यक्त गर्दछु। यो विश्वास नै हाम्रो सबैभन्दा ठूलो सम्पत्ति हो र यो नै हाम्रो भविष्यको बलियो जग बन्नेछ ।’

उनले विगत चार दशकमा नेपालको आर्थिक र औद्योगिक परिदृश्यमा ठूलो परिवर्तन भएको चर्चा गर्दै नबिल बैंकले कहिल्यै पनि परिवर्तनको प्रतीक्षा नगरेको बरु सधैँ त्यसको नेतृत्व गरेको बताए । 

‘हामीले आधुनिक बैंकिङको जग बसाल्यौँ । ‘एनबैंक’ एप मार्फत नेपालको पहिलो डिजिटल बैंकका रूपमा आफूलाई स्थापित गर्दै ग्राहकको बैंकिङ अनुभवलाई पूर्ण रूपमा बदल्यौँ,’ अध्यक्ष चौधरीले भने, ‘नेपालकै पहिलो निजी वाणिज्य बैंक स्थापना गर्दै हामीले उद्योग र लगानीकर्ताका लागि नयाँ ढोका खोल्यौँ । आज नबिल बैंक नेपालको एकमात्र यस्तो वित्तीय समूह हो, जसले एउटै छानामुनि वाणिज्य बैंकिङ, इन्भेष्टमेन्ट बैंकिङ, स्टक ब्रोकर, मर्चेन्ट बैंकिङ, क्यापिटल मार्केट र डिजिटल बैंकिङसहितको पूर्ण वित्तीय इकोसिस्टम प्रदान गरिरहेको छ। हामीले नवप्रवर्तन केवल अपनाउने मात्र गरेका छैनौँ, यो नबिलको डीएनए मै छ ।’

अध्यक्ष चौधरीले बैंकिङ इतिहासकै सबैभन्दा ठूलो रूपान्तरणकारी युग अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई) को युगमा बैंक प्रवेश गरेको घोषणा गरे । 

एआई केवल एउटा सामान्य प्रविधि मात्र नभई यसले निर्णय प्रक्रिया, जोखिम व्यवस्थापन, व्यवसाय सञ्चालन र ग्राहकको वित्तीय अनुभवलाई नै पुनः परिभाषित गरिरहेको उनले बताए ।

नबिल बैंकले यस परिवर्तनमा केवल सहभागी मात्र नभई यसको नेतृत्व गर्ने तयारी गरिसकेको जानकारी दिँदै उनले भने, ‘एनबैंकको अबको विकासमा एआईलाई केन्द्रबिन्दुमा राखिनेछ । यसले बैंकिङ सेवालाई अझ स्मार्ट र व्यक्तिगत बनाउनेछ। यसबाट द्रुत कर्जा प्रवाह, उत्कृष्ट जोखिम व्यवस्थापन, बौद्धिक ग्राहक अनुभव, व्यापक वित्तीय समावेशीकरण र मजबुत सुरक्षा प्रणालीको विकास हुनेछ। प्रविधि जतिसुकै बौद्धिक बने पनि हाम्रो मूल उद्देश्य सधैँ मानवीय भावना र मूल्यमान्यतासँगै जोडिनेछ, किनकि बैंकिङ केवल वित्तीय कारोबार मात्र होइन, यो सपनाहरू साकार पार्ने, उद्यमीहरूलाई सघाउने, परिवारको भविष्य निर्माण गर्ने र नेपालको समृद्धिमा योगदान दिने माध्यम हो ।’

यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार ज्ञवालीले बैंकको सुखद यात्रामा अनवरत साथ र सहयोग दिने सम्पूर्ण सरोकारवालाहरूप्रति आभार प्रकट गरे ।

सन् १९८४ मा नेपालकै पहिलो प्रविधिमैत्री निजी क्षेत्रको बैंकका रूपमा सुरु भएको यो यात्रा आज लाखौँ ग्राहकको अटुट विश्वास र हजारौँ कर्मचारीको निष्ठाका कारण यो गौरवमय उचाइसम्म आइपुगेको उनले बताए ।

‘यस ऐतिहासिक उपलब्धिको उत्सव मनाउँदै गर्दा, हामी हाम्रा ग्राहकरु र राष्ट्रका लागि दिगो मूल्य सिर्जना गर्न थप आत्मविश्वास, नविनता र प्रतिबद्धताका साथ भविष्यतर्फ हेरिरहेका छौँ । हामी केवल बैंकिङ सेवा दिने संस्था होइनौँ, हामी तपाईँका सपना, सम्भावना र सफलताको यात्रामा साथ दिने भरोसायोग्य साझेदार हौँ । हाम्रो लागि यही हो बैकिङ एण्ड बियोन्ड,’ सीईओ ज्ञवालीले भने ।

बैंकले हालसम्म विभिन्न क्षेत्रमा गरेको कर्जा लगानीको अवस्था यस प्रकार छ:

·         कृषि क्षेत्र: ५३ अर्ब ३१ करोड रुपैयाँ

·         ऊर्जा क्षेत्र:५१ अर्ब ६ करोड रुपैयाँ

·         लघु, घरेलु, साना तथा मझौला उद्योग: ४५ अर्ब ९२ करोड रुपैयाँ

·         पर्यटन क्षेत्र: ११ अर्ब, १० करोड रुपैयाँ

प्रमुख वित्तीय सूचकांकमा अभूतपूर्व प्रगति

·   नेटवर्थ र नाफा: आर्थिक वर्ष २०४१/४२ मा बैंकको कुल नेटवर्थ रु. २ करोड ८० लाख र खुद नाफा रु. १० लाख रहेकामा चालू आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा नेटवर्थ रु. ७० अर्ब ८३ करोड र खुद नाफा रु. ६ अर्ब ७६ करोड पुगेको छ ।

·  निक्षेप र कर्जा: सुरुआती चरणमा रु. १४ करोड ६० लाख मात्र रहेको निक्षेप संकलन बढेर रु. ५ खर्ब ८८ अर्ब ८५ करोड पुगेको छ भने कर्जा प्रवाह पनि रु. १३ करोड ३० लाखबाट बढेर रु. ४ खर्ब ६४ अर्ब १० करोड पुगेको छ। कुल सम्पत्ति पनि रु. २६ करोड ९० लाखबाट बढेर रु. ७ खर्ब १८ अर्ब ४२ करोड पुगेको छ।

·  नेटवर्क सञ्जाल: २ शाखा र १४४ कर्मचारीबाट सुरु भएको सेवा सञ्जाल अहिले देशैभर २६४ शाखा, ३१५ एटीएम, १८ एक्सटेन्सन काउन्टर र २,४६९ दक्ष कर्मचारीहरूसम्म विस्तार भई २६ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ।

वार्षिकोत्सवका ग्राहक-केन्द्रित विशेष योजना र अफरहरू

· पुनःनिर्माण घर कर्जा योजना: हेटौँडा र वीरगञ्ज क्षेत्रमा सडक विस्तारका कारण प्रभावित भएकाहरूका लागि लक्षित गरी बैंकले यो योजना ल्याएको हो । आधार दरमा मात्र ०.५ प्रतिशत प्रिमियम ब्याजदर थप गरी सहुलियतपूर्ण कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ।

· लकर र गेटवेमा छुट अफर: बैंकले लकर सेक्युरिटी डिपोजिट, क्रेडिट कार्ड, डेबिट कार्ड र इलेक्ट्रोनिक पेमेन्ट गेटवे (इपिजी) जस्ता सेवा लिन चाहने ग्राहकका लागि विशेष योजना ल्याएको छ । लकर सेक्युरिटी डिपोजिट सुविधा लिन चाहने ग्राहकले ४२ प्रतिशत छुट पाउने छन् भने इपिजी सेवा लिन चाहने ग्राहकले १५ हजार रुपैयाँको इन्टिग्रेसन शुल्कमा ५० प्रतिशत छुट पाउनेछन् ।

· क्रेडिट र डेबिट कार्ड अफर: क्रेडिट कार्डका लागि आवेदन दिने ग्राहकले आवेदन शुल्क र एक वर्षको सदस्यता शुल्कमा पनि छुट पाउनेछन् । यी सुविधाहरू बैंकको वार्षिकोत्सवको अवसरमा ४२ दिनसम्म लागू हुनेछन् । डेबिट कार्डका हकमा भने वार्षिकोत्सवकै दिन आवेदन दिने ग्राहकले चार वर्षसम्म डेबिट कार्ड प्रयोग गर्न पाउनेछन् ।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  १२ : ५४ बजे

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान

सरकारविरुद्ध बोल्ने डरले प्रसाईंमाथि लगाम, प्रहरी लगाएर सिधै घरमा पुर्‍याइयो

काठमाडौं- विरोधमा बोल्ने डरले सरकारले ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र

मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा मन्त्री चौधरीको जोड 

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सौराहास्थित हात्ती प्रजनन

अमेरिका–इरान तनाव चर्कियो, दुवै पक्षबाट आक्रमण जारी

वाशिङ्टन– अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण

‘स्वास्थ्य बीमा सामाजिक सुरक्षा हो, यसलाई हटाउने कल्पना गर्न सकिँदैन’

काठमाडौं– केही दिनअघि अर्थमन्त्री डा स्वर्णिम वाग्लेले एउटा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमसँग