ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण « Khabarhub

ओमान, बहराइन र जोर्डनमाथि एकसाथ इरानको आक्रमण


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरान र अमेरिकाबीच बढ्दो सैन्य तनावबीच पछिल्लो पटक ओमान पनि यसको चपेटामा परेको छ। ओमानी सरकारले मुसन्दाम गभर्नरेटमा ड्रोन आक्रमण भएको पुष्टि गरेको छ।

ओमान सरकारले आक्रमणको निन्दा गर्दै देश र नागरिकको सुरक्षाका लागि आवश्यक सबै कदम चालिएको जनाएको छ।

यद्यपि, आक्रमणबाट भएको मानवीय वा भौतिक क्षतिको विवरण तत्काल सार्वजनिक गरिएको छैन।

यसअघि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले ओमानको दुक्म बन्दरगाहस्थित अमेरिकी विमानवाहक पोतका लजिस्टिक सहायता केन्द्र र इन्धन आपूर्ति स्थलमा ठूलो आक्रमण गरेको दाबी गरेको थियो।

उता इरानी आक्रमणमा बहराइनस्थित अमेरिकी सैन्य अड्डाबाट धुवाँको मुस्लो उठेको देखिएको थियो।

इरानको पछिल्लो आक्रमणपछि बहराइनस्थित अमेरिकी सैन्य अड्डाबाट धुवाँ उठेको देखिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा सैन्य अड्डामाथि धुवाँको मुस्लो देखिएको छ।

यसअघि इरानले बहराइनमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई ड्रोन र मिसाइलबाट निशाना बनाएको दाबी गरेको थियो।

त्यसपछि बहराइनमा मिसाइल सतर्कता जारी गर्दै सर्वसाधारणलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो।

उता इरानले आइतबार बिहान जोर्डनतर्फ तीनवटा ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।

जोर्डनको सरकारी समाचार एजेन्सी ‘पेट्रा’का अनुसार ती तीनवटै मिसाइल फरक–फरक स्थानमा खसेका छन्। घटनामा कुनै मानवीय क्षति नभएको र सामान्य भौतिक क्षति मात्र भएको जनाइएको छ।

यसअघि इरानको रिभोलुसनरी गार्ड (आईरआजीसी) ले जोर्डनस्थित प्रिन्स हसन एयरबेसमा ब्यालिस्टिक मिसाइल आक्रमण गरेको दाबी गरेको थियो।

इरानका अनुसार उक्त आक्रमणमा एयरबेसको कमान्ड तथा कन्ट्रोल सेन्टर र एमक्यू-९ ड्रोन राखिएका ह्याङ्गरहरू ध्वस्त भएका छन्।

होर्मुज किन महत्वपूर्ण ?

विश्वभर आपूर्ति हुने कच्चा तेलको करिब २० प्रतिशत होर्मुज जलडमरूमध्यबाट ओसारपसार हुन्छ। त्यसैले यहाँ कुनै अवरोध उत्पन्न भएमा विश्वव्यापी तेल आपूर्तिमा प्रत्यक्ष असर पर्न सक्छ।

त्यसैगरी, कतारसहित खाडी मुलुकबाट निर्यात हुने करिब २० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) पनि यही समुद्री मार्ग हुँदै विश्व बजारमा पुग्ने गर्छ।

इरानको दाबी

इरानले होर्मुज जलडमरूमध्यमा जहाजको आवतजावत सम्बन्धी भविष्यका निर्णय इरान र ओमानबीचको आपसी परामर्शबाट मात्रै हुनुपर्ने जनाएको छ।

इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईका अनुसार शनिबार मस्कटमा दुवै देशका कानुनी तथा प्राविधिक प्रतिनिधिमण्डलबीच यस विषयमा छलफल भएको थियो।

बघाईले बैठकमा होर्मुज जलडमरूमध्यको सुरक्षा, जहाजको सुरक्षित आवागमन तथा दुवै देशका सार्वभौम अधिकारबारे छलफल भएको बताए।

उनका अनुसार सबै व्यवस्था अन्तर्राष्ट्रिय कानुन तथा अमेरिका–इरानबीच भएको समझदारी (एमओयू) को दायराभित्र हुनुपर्नेमा दुवै पक्ष सहमत भएका छन्।

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  २ : ०९ बजे

पाकिस्तानद्वारा अमेरिका र इरानलाई संयमता अपनाउन आग्रह

इस्लामावाद- पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इसहाक दारले अमेरिका र इरानलाई

३ प्रतिशत शिक्षा सेवा शुल्क खारेज गर्न निजी विद्यालय सञ्चालकहरूको माग (संयुक्त विज्ञप्तिसहित) 

काठमाडौं– निजी विद्यालय सञ्चालकहरूका विभिन्न संस्थाहरूले सरकारले लगाउँदै आएको ३

कतारका पूर्वअमिरको निधन

काठमाडौं- कतारका पूर्वअमिर शेख हमाद बिन खलिफा अल थानीको निधन

राजधानीको प्यास मेटाउने सुन्दरीजलमा नै खानेपानी अभाव

काठमाडौं– काठमाडौं उपत्यकाको प्रमुख खानेपानी आपूर्ति केन्द्र सुन्दरीजलका स्थानीय वर्षौंदेखि

डुबानमा परेको कीर्तिपुरबाट खरिपाटी लगियो ३१ घरका ८९ सुकुम्वासीलाई

काठमाडौं- कीर्तिपुर नगरपालिका–१० सुन्दरीघाटस्थित राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेपछि