मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन « Khabarhub

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन


२८ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा देखिएका समस्या समाधान गर्न कार्यदल गठन गरिएको छ ।

मधेश प्रदेशसभाको आजको बैठकमा सभामुख रामअशिष यादवले आजैदेखि कार्य प्रारम्भ गर्ने गरी प्रदेशसभा सदस्यहरू उपेन्द्र महतो, हरिनारायण महतो, जंगीलाल राय, प्रमोदकुमार यादव, सञ्जयकुमार यादव, बिमला अन्सारी तरुन्म र सरिताकुमारी ठाकुर रहने गरी कार्यदल गठन गरिएको घोषणा गरे । कार्यदलले कार्यविधि आफै निर्माण गर्नेछ । 

साथै आजको बैठकमा प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेश सरकारको विनियोजन विद्येयक २०८३ प्रस्तुत गरे । यस्तै बैठकमा प्रदेशसभा सदस्य रवीन्द्र श्रेष्ठले पेश गरेको मधेश प्रदेशसभा नियमवलीको नियम १३५ को उपनियम (२) र (३) निलम्बन गर्ने प्रस्ताव बहुमतले स्वीकृत भएको सभामुख यादवले घोषणा गरे । सो दुवै उपनियम निलम्बन भएसँगै सभामुख यादवले आजको कार्यसूचीमा रहेका अन्य विषयहरु हटाए  । 

प्रदेशसभाको अर्को बैठक यही असार ३० गते मंगलबार दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।  

यही असार १ गते प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विद्येयकमाथिको छलफल गर्न असार १७ गते आह्वान गरेको प्रदेशसभाको बैठकमा प्रतिपक्ष दल जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बजेट संशोधनको मागसहित बैठक अवरुद्ध गरेपछि सभामुख यादवले बैठक अर्को सूचना नहुञ्जेलसम्मका लागि बैठक स्थगित गरेका थिए । 

मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ मा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए  । 

प्रकाशित मिति : २८ असार २०८३, आइतबार  ५ : ०८ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सुरु (तस्बिरहरू)

काठमाडौं– संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक

‘केजीएफ’ पछि नयाँ अवतारमा यश, ‘टक्सिक’ को डार्क ट्रेलरले बढायो कौतुहलता

काठमाडौं– दक्षिण भारतीय सुपरस्टार यश फेरि एकपटक दमदार र रहस्यमय

एच-१बी भिसाधारीको जागिर गए कठिन हुन सक्छ अमेरिका बसाइ, ६० दिनको ‘ग्रेस पिरियड’ हटाउने तयारी

वाशिङ्टन- अमेरिकामा एच-१बी भिसामा काम गरिरहेका विदेशी कर्मचारीको समस्या थपिन

रास्वपाको निर्णय : मन्त्रीहरूले महिनाको एक पटक पार्टी कार्यालयमा नागरिकसँग अन्तरक्रिया गर्ने

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौदेखि ‘नागरिक,

टाइफुन ‘डल्फिन’को तयारीमा चीन, साङ्घाईमा एक हजार ३०० उडान रद्द

बेइजिङ– टाइफुन ‘डल्फिन’ पूर्वी चीनतर्फ अघि बढेपछि साङ्घाईका दुई प्रमुख