नेपालगन्ज उपमहानगरको एक अर्ब ७६ करोडको बजेट पारित
नेपालगञ्ज उपमहानगरपालिका सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत एक अर्ब ७६ करोड रुपैयाँको बजेट पारित गरेको छ ।

नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा शनिबार सम्पन्न १९औँ नगरसभाले वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर, १०८ फिट अग्लो हनुमान् मूर्ति, व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।
ढोरपाटन–तकसेरा सिधा सडक सञ्चालनमा
मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन
वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै
धरौटी नराखी व्यवसाय गर्न पाउनुपर्ने कन्सल्टेसी सञ्चालकको माग, सरकारको नयाँ नियमावलीमा असहमति
सरकारले कार्यान्वयनमा ल्याएको ‘शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०८३’ का कतिपय प्रावधानहरू प्रति विमति जनाउँदै शैक्षिक परामर्श व्यवसायीहरूका विभिन्न १३ वटा छाता संगठनले विरोध जनाएका छन् ।

सरकारले ल्याएको नियमावली व्यवहारिक नभएको र यसले शैक्षिक परामर्श क्षेत्रलाई धराशायी बनाउने भन्दै उनीहरूले विरोध गरेका हुन् ।
नयाँ नियमावलीले विद्यार्थीको सुरक्षा सुनिश्चित गर्ने भन्दा पनि निजी क्षेत्रको लगानीलाई निरुत्साहित गर्ने र अन्तर्राष्ट्रिय शिक्षा क्षेत्रमा नेपालको विश्वसनीयतामा नकारात्मक प्रभाव पार्ने उनीहरूको दाबी छ ।
संयुक्त प्रेस विज्ञप्ति मार्फत व्यवसायीहरूले नियमावलीमा गरिएको धरौटी सम्बन्धी व्यवस्था न्यायोचित र वैज्ञानिक नभएको भन्दै यसलाई पूर्ण रूपमा हटाउन माग गरेका छन् । धरौटीको साटो विद्यार्थीको सुरक्षाका लागि बिमा प्रणाली, प्रभावकारी अनुगमन र क्षतिपूर्ति संयन्त्र लागू गर्नुपर्ने उनीहरूको माग छ ।
आज सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?












प्रतिक्रिया