पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने « Khabarhub

पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै महासंघले आज धर्ना दिने


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल पत्रकार महासंघले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौँ प्रहरी परिसर भद्रकाली अगाडि धर्ना दिने भएको छ।

महासंघका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा श्रेष्ठको पक्राउप्रति आपत्ति जनाउँदै बिहान ९ बजे आयोजना गरिने धर्ना कार्यक्रममा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सम्पूर्ण पत्रकार तथा नागरिक समाजका प्रतिनिधिलाई आह्वान गरिएको छ।

श्रेष्ठको गिरफ्तारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुगेको भन्दै महासंघले तत्काल उनलाई बिनासर्त रिहा गर्न माग गरेको छ।

बुधबार साँझ ललितपुरस्थित निवासबाट पक्राउ परेका पत्रकार श्रेष्ठको घरमा प्रहरीले मध्यरातमा छापा मारेको छ । अहिले जनआस्था साप्तिाहिकको कार्यालयमा प्रहरी पुगेको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ८ : ३६ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी