कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन « Khabarhub

कृष्ण सिटौलाको तर्क : कांग्रेसको सभापति देउवा नै हुन्, हाम्रो पार्टी फुटेको छैन


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले अहिले पनि पार्टीको सभापति शेरबहादुर देउवा नै रहेको जिकिर गरेका छन्।

देउवा पक्षले कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएको निर्णयलाई अस्वीकार गर्दै आएको छ।

यही क्रममा ५ महिना लामो उपचारपछि बिहीबार नेपाल फर्किन लागेका देउवाको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका नेता सिटौलाले कांग्रेसको आधिकारिक सभापति उनै रहेको दाबी गरेका हुन्।

पत्रकारहरूसँग कुरा गर्दै सिटौलाले आगामी महाधिवेशन सम्पन्न नभएसम्म देउवा नै पार्टी सभापति रहिरहने पनि जिकिर गरे ।

‘कांग्रेसको आगामी महाधिवेशन नहुन्जेलसम्मलाई हाम्रो सभापति शेरबहादुर देउवा नै हो। कसले कस्तो महाधिवेशन गर्‍यो, हामी चिन्दैनौँ। अदालतमा पुनरावलोकनका लागि मुद्दा पुगेको छ। हामी विश्वस्त छौँ । अदालतले हामीलाई न्याय दिन्छ।’

सिटौलाले कांग्रेस नफुटेको दाबी गर्दै देउवा नेपाल फर्किएपछि पार्टीभित्र देखिएको विवादबारे थप निर्णय हुने बताए। देउवा बिरामी भएर उपचारका लागि विदेशमा रहेका कारण पछिल्लो समय कांग्रेसको नेतृत्वबारे भ्रम सिर्जना भएको उनको भनाइ थियो।

‘भोलिको कार्यक्रमपछि पार्टी कसरी अगाडि बढ्ने निर्णय गर्छौँ। कांग्रेस फुटेको छैन,’ सिटौलाले भने, ‘पार्टी सभापति देउवा बिरामी भएर विदेशमा उपचाररत हुनुहुन्थ्यो। आज नेपाल आउँदै हुनुहुन्छ। त्यसकारण कांग्रेस फुट्छ र कांग्रेसको सभापति अरू नै हो भन्ने भ्रम चिरिँदै जान्छ।’

सिटौलाले देउवाको स्वागत तथा पार्टीको आगामी दिशाबारे छलफल गर्न आयोजना हुने भेलामा सबै नेता तथा कार्यकर्तालाई उपस्थित हुन आग्रह गरेका छन्।

गगन थापा पक्षलाई भेलामा निमन्त्रणा नगरिएको हो कि भन्ने पत्रकारको प्रश्नमा सिटौलाले थापा पार्टीका महामन्त्री भएकाले उनलाई पनि बोलाइएको स्पष्ट पारे।

‘सबैलाई बोलाएका छौँ। उहाँ महामन्त्री हो, नबोलाउने कुरै भएन। यसै सूचनामार्फत सबैजनालाई उपस्थित हुन पुनः म आग्रह गर्छु,’ सिटौलाले भने।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १२ : ३१ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)