जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री « Khabarhub

जनताका चाहना असीमित, स्रोत सीमित छ : अर्थमन्त्री


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । 

तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा आज मतदातासँगको भेटघाटमा उनले सीमित स्रोतसाधनकाबीच जनताका अपेक्षा पूरा गर्न सरकार क्रियाशील रहेको जानकारी दिए ।

अर्थमन्त्री वाग्लेले भने, ‘बजेटका सीमाहरू छन्, रकम थोरै छ । जनताका अपेक्षा धेरै छन् । जुन बस्तीमा पुगेपनि जनताले खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्धन, खेलमैदानका माग गर्नुहुन्छ, सरकारले सक्दो त्यसलाई सम्बोधन गर्न प्रयास गरिरहेको छ ।’

उनले तनहुँको विकासका लागि आफू प्रतिबद्ध रहेको बताउँदै यसपटकको बजेट वितरणमा न्यायोचित गर्न पहल गरिएको जानकारी दिए । तनहुँका जनताले आफूलाई दुई पटक प्रतिनिधिसभा सदस्यमा विजयी गराएको स्मरण गर्दै अर्थमन्त्री वाग्लेले त्यस कार्यमा जिल्लाबासीले लगाएको गुन र ऋण कहिल्यै नबिर्सिने बताए।

उनले दुम्सीमा खानेपानी र तटबन्धनका विषयमा सम्बन्धित मन्त्रालयसँग छलफल गरी काम अगाडि बढाइने बताए। त्यसअवसरमा स्थानीयवासीले दुम्सीका ५०० घरधुरीमा खानेपानीको समस्या रहेकोबारे उनलाई जानकारी गराए ।
 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  १ : २२ बजे

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब रु

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या

त्रिशूली–१ को सुरुङबाट चिनियाँ नागरिकको उद्धार

काठमाडौं- रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट एक विदेशी नागरिकको उद्धार

मानव-बाघ सहअस्तित्वका लागि बाघ-मित्र अभियान प्रभावकारी

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा मानव-बाघ सहअस्तित्व प्रवर्द्धनका लागि सञ्चालन गरिएको