अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’? « Khabarhub

अक्षय-सैफको ‘हैवान’को टिजर सार्वजनिक, को हिरो र को ‘हैवान’?


२८ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बलिउडका चर्चित अभिनेता अक्षय कुमार र सैफ अली खान अभिनीत बहुप्रतीक्षित फिल्म ‘हैवान’को टिजर सार्वजनिक भएको छ । 

निर्देशक प्रियदर्शनको आगामी थ्रिलर फिल्मको टिजरले कथाको धेरै कुरा खुलासा नगरी रहस्य र सस्पेन्सलाई प्राथमिकता दिएको छ ।

फिल्मको पहिलो पोस्टर सार्वजनिक भएपछि यसको टिजरको प्रतीक्षा भइरहेको थियो । टिजरमा अँध्यारा दृश्य, छायाँ, सिल्हुट र पात्रका छोटाछोटा झलकमार्फत फिल्मको गम्भीर तथा रहस्यमय वातावरण देखाइएको छ । तर कथामा वास्तवमा के भइरहेको छ भन्ने कुरा भने गोप्य नै राखिएको छ ।

टिजरको सबैभन्दा रोचक पक्ष हो– ‘हिरो या हैवान?’ यही प्रश्नले अक्षय र सैफमध्ये वास्तविक हिरो को हो र ‘हैवान’ को हो भन्ने कौतुहल बढाएको छ । दुवै पात्रको सम्बन्ध र उनीहरूको वास्तविक उद्देश्यबारे टिजरले स्पष्ट संकेत दिएको छैन ।

टिजरका केही दृश्यले फिल्ममा खतरा, धोका र रहस्यको मिश्रण रहेको संकेत गर्छन् । अर्थात्, देखिएको कुरा नै वास्तविकता नहुन सक्ने सम्भावना देखाइएको छ । फिल्मको मुख्य द्वन्द्व भने ट्रेलर सार्वजनिक भएपछि अझ स्पष्ट हुने अपेक्षा गरिएको छ ।

प्रियदर्शनको निर्देशनमा बनेको फिल्ममा बोमन इरानी, सैयामी खेर र श्रिया पिलगाउँकरको पनि महत्त्वपूर्ण भूमिका छ । यो चलचित्रले करिब दुई दशकपछि सैफ अली खान र अक्षय कुमारको पुनर्मिलन गराएको छ । 

उनीहरू अन्तिम पटक सन् २००८ मा रिलिज भएको चलचित्र ‘टसन’ मा सँगै देखिएका थिए। केभीएन प्रोडक्सन र थेस्पियन फिल्म्सको ब्यानरमा निर्माण भएको ‘हैवान’ ११ सेप्टेम्बर २०२६ (भाद्र २६) मा विश्वभरका हलमा प्रदर्शन हुँदैछ । 

टिजरले एउटा प्रश्न छोडेको छ-अन्ततः हिरो को र हैवान को ?

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहिबार  २ : ०१ बजे

जलवायुजन्य विपद्पछि नेपाललाई विशेष वित्तीय प्याकेज आवश्यक : अर्थमन्त्री वाग्ले

अन्ताल्या (टर्किए)- अर्थमन्त्री डा स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक

ममता हत्याकाण्डका दोषी नरेशलाई होला त मृत्युदण्ड ?

काठमाडौं- ममता काफ्ले हत्याकाण्डमा अमेरिकाको भर्जिनियास्थित प्रिन्स विलियम काउन्टीको जुरीले

२७ वर्षदेखि अञ्जली दिदीको सामूहिक भाइटीका (तस्बिरहरू) 

काठमाडौँ– अञ्जली दिदीले यस वर्ष पनि सामूहिक भाइटीका कार्यक्रम आयोजना

असिना र हावाहुरीले त्रिभुवन विमानस्थलको उडान प्रभावित

काठमाडाैँ – काठमाडौँमा बुधबार दिउँसो एक्कासि मौसम परिवर्तन भई बाक्लो

काठमाडौँ उपत्यकामा वर्षा (तस्बिरहरू) 

काठमाडौँ–  तिहारको भाइटीकाका दिन काठमाडौं उपत्यकासहित आसपासका क्षेत्रमा वर्षा भएको