वालेन्द्र लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ? « Khabarhub

वालेन्द्र लक्षित देउवाको आक्रोश : राजा ज्ञानेन्द्रले त सकेनन्, अरूले सक्छ यहाँ ?


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा चुनदेवीस्थित निवासमा भित्रिएका छन्। उनलाई संस्थापन इतरका सयौँ नेता-कार्यकर्ताले र्‍यालीसहित निवासमा प्रवेश गराएका हुन्।

चुनदेवीस्थित निवासमा पुगेपछि पूर्वप्रधानमन्त्री देउवाले वर्तमान वालेन्द्र शाह नेतृत्वको सरकारप्रति आक्रोश पोखेका छन्।

अदालतलदेखि अन्तर्राष्ट्रिय संस्थालेसमेत पक्राउ गर्ने र मुद्दा चलाउने आधार नभएको भन्दा भन्दै वर्तमान सरकारले आफूविरूद्ध बदमासी गरिरहेको उनले बताएका छन्।

‘राजा ज्ञानेन्द्रले त सकेनन् अरुले सक्छ् यहाँ ? संविधान सभाको पहिलो बैठकले नेपालमा गणतन्त्र ल्याएको हो’, कड्किँदै देउवाले भने, ‘हामीले ल्याएको गणतन्त्रमा अहिलेको सरकारले बदमासी गर्दैछ। अन्तर्राष्ट्रिय संस्थाले पक्राउ गर्न मिल्दैन भनिसकेको छ। यहाँको अदालतले पनि नपक्रिनु भनेको छ तर अझै बदमासी गरिएको छ।’

उनले अहिलेको सरकारको बदमासीविरुद्ध अदालत र नेपाली जनता उभिने पनि बताए । ‘यो देशमा जनता छन्, अदालत छ । हामीविरुद्ध बदमासी गर्नेलाई भोलि देखाउँछौँ’, उनले भने, ‘अहिले पनि अरू मुद्दा लगाएको छ रे ! अदालतले मुद्दा नलगाउनु भन्दा पनि बलजफ्ती गरिएको छ, मुद्दा लगाएको छ । बदमासी गरेको छ। हामी यसको जवाफ भोलि दिनेछौँ ।’

सरकारप्रति लगातार आक्रोश पोखेका उनी पटक पटक झोंक्किए । गत भदौ २४ गते बूढानीलकण्ठस्थित निवासमा नराम्रोसँग कुटिएका उनी त्यसपछि लामो समय उपचारमा लागे । तर बिहीबार इतर पक्षले व्यवस्थापन गरेको निवासमा भित्रिँदा कार्यकर्ता र नेताहरूको साथले उत्साहित देखिए ।

गत फागुन १३ गते काठमाडौंबाट सिंगापुर पुगेका उनी चैत ७ गते त्यहाँबाट हङकङ गए । यता सरकारले पटक पटक पक्राउ र रेड नोटिसको कोसिस गरिरहेपछि उनी रोकिए । तर वालेन्द्रको उक्त प्रयासलाई इन्टरपोल र अदालतलेसमेत असफल बनाइदिएपछि उनी बिहीबार काठमाडौं उत्रिएका हुन्।

उनले शुक्रबार नेपाली कांग्रेस इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्नेछन् । जहाँ उनको सम्बोधनबाट कांग्रेस सग्लै रहने या फुट्ने भन्ने कुराको पनि छिनोफानो हुने छ।

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ३ : ५५ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र