दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति « Khabarhub

दुर्गम क्षेत्रमा नियमित खाद्यान्न आपूर्ति


२८ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले दुर्गम जिल्लाका विभिन्न ठाउँमा नियमित खाद्यान्न आपूर्ति गर्दै आइरहेको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सव  उद्‌घाटन समारोहमा सो कुरा बताएका हुन् । 

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले नागरिकको खाद्य अधिकार र खाद्य सम्प्रभुताको हकलाई सुनिश्चित गर्न दुर्गम क्षेत्रमा खाद्य उपलब्ध गराउँदै आइरहेको स्पष्ट पारिन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले कम्पनीले व्यवस्थापन क्षेत्रमा भएका कमीकमजोरीलाई सच्याएर छिटो र छरितो ढङ्गले कार्यसम्पादन गर्नका लागि निर्देशन दिए।

विश्व खाद्य कार्यक्रमका कन्ट्रि डाइरेक्टर रियाज लोदीले विश्व खाद्य कार्यक्रमले नेपालमा पोषणसम्बन्धी कार्यक्रम सरकारसँग साझेदारी गरेर गर्दै आइरहेको बताए। 

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका निमित्त कार्यकारी निर्देशक डिल्लीराज लम्सालले कम्पनीले पछिल्लो समय बहुआयामिक ढङ्गले सुधारको काम गर्दै आइरहेको दाबी गरे। 
 

प्रकाशित मिति : २८ श्रावण २०८३, बिहीबार  ५ : १२ बजे

कास्कीमा पहिरोमा परी दुई जना गम्भीर घाइते

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका-१ साँदलमा निर्माणाधीन सुपरसेती जलविद्युत् आयोजनाको पहुँचमार्ग

प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन

काठमाडौं– रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाको नयाँ शान्ति प्रयास

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चार वर्षभन्दा लामो समयदेखि जारी

रसुवा बाढीमा हराएका चितवनका ११ जनाको विवरण सार्वजनिक

नारायणगढ– रसुवाको भोटेकोशीमा आएको बाढीपछि चितवन ठेगाना भई हराइरहेकामध्ये हालसम्मका

स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु

नारायणगढ– चितवनको रत्ननगर नगरपालिका-९ टिकौली जंगलस्थित पूर्व-पश्चिम राजमार्गमा स्कुटर र