बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित « Khabarhub

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर किसानले व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती सुरु गरेका छन् । बाँदरले क्षति नपुर्‍याउने र आम्दानी पनि मनग्ये हुने भएपछि यहाँका किसान खुर्सानी खेतीतर्फ आकर्षित भएका हुन् ।

तारुखोलामा करिब ६० रोपनी क्षेत्रफलमा ७० हजारभन्दा बढी अकबरे खुर्सानीका बिरुवा रोपिएका छन् । वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजनाअन्तर्गत केदारनाथ कृषि फार्ममार्फत व्यावसायिक खेती भइरहेको सञ्चालक दयाराम पाठकले जानकारी दिए । “गत फागुनमा लगाएको अकबरे खुर्सानीले उत्पादन दिन थालेको छ,” पाठकले भने, “उत्पादित खुर्सानीको माग बजारमा उच्च छ, पुर्‍याउनै धौ–धौ परेको छ ।”

हाल फार्मबाट दुई-तीन दिनको अन्तरमा करिब ३ सय किलो पाकेको खुर्सानी बिक्री हुने गरेको छ । उत्पादित खुर्सानी बुटवलस्थित तरकारी मण्डी, यशोदा फुड्स प्रालि र स्थानीय बजारमा प्रतिकिलो २२० रुपैयाँका दरले खपत भइरहेको छ । हालसम्म करिब ७ लाख रुपैयाँको खुर्सानी बिक्री भइसकेको फार्मले जनाएको छ ।

अकबरे खुर्सानी खेतीका लागि वालिङ नगरपालिकामा सञ्चालित कृषि विकास परियोजना (हेफर) ले मल्चिङ प्लास्टिक, मल, सुकाउने मेसिन र प्राविधिक सहयोग उपलब्ध गराएको छ । फार्ममा खुर्सानीका साथै माछापालन र कागती खेतीसमेत गरिएको छ । उत्पादित वस्तु फार्मकै सवारीसाधनमार्फत बजारसम्म पुर्‍याउने व्यवस्था मिलाइएकाले बिक्रीमा सहजता भएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ९ : ११ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न