भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति « Khabarhub

 भोटेकोशी बाढी : अठार विद्यालयमा क्षति


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालय प्रभावित भएका छन् । तीमध्ये ११ वटा पूर्ण रुपमा क्षतिग्रस्त हुँदा ९३ करोड ७३ लाख रुपैयाँ बराबरको हानि भएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनमा विद्यालयका भवन, शैक्षिक सम्पत्ति गरी उक्त परिमाणमा क्षति भएको हो ।

प्रतिवेदनअनुसार १८ वटा विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन् । जसमध्ये १५२ वटा कोठामा आंशिक र १५६ वटामा पूर्ण रुपमा क्षति पुगेको छ ।

स्थानीय तहअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयका दुई वटा भवनका ११ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । मूल्यका हिसाबले यो रु ३.७५ करोड बराबरको क्षति हो ।

रसुवाकै उत्तरगया गाउँपालिकामा रहेका तीन वटा विद्यालयका ६ वटा भवनमा ३६ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । यो करिब रु १२.२९ करोड बराबरको क्षति हो ।

नुवाकोटको विदुर नगरपालिकामा रहेका नौ वटा विद्यालय प्रभावित भएका छन् । विद्यालयमा ३२ वटा भवनमा क्षति पुगेकामा ६१ वटा कोठा आंशिक र ८९ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन रु ३६.६२ करोड बराबर हो ।

धादिङको गल्छी गाउँपालिकाका तीन वटा विद्यालय प्रभावित भएका छन् । जसमध्ये १० वटा भवनका ७७ वटा कोठा आंशिक र आठ वटा कोठा पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । जुन रु १०.६१ करोड बराबरको क्षति हो । 

सोही जिल्लाको बेनिघाट रोराङ गाउँपालिकामा एउटा विद्यालय प्रभावित भएको छ । उक्त विद्यालयको दुई वटा भवनका १२ वटा कोठा पूर्ण रुपमा क्षति भएका छन् । जुन रु ४.१ करोड बराबरको क्षति हो ।

जिल्लाको सिद्धलेक गाउँपालिकामा एउटा विद्यालय चार वटा भवनका १४ वटा कोठामा आंशिक क्षति पुगेको छ । जुन रु १.४३ करोड बराबरको क्षति हो ।

प्रतिवेदनका अनुसार शैक्षिक सम्पत्तिका रुपमा रहेका रु २४.९३ करोडको क्षति भएको छ । प्रतिवेदनले विद्यालय क्षेत्रको पुनरुत्थानका लागि रु चार अर्ब २३ करोड ३५ लाख खर्च लाग्ने आकलन गरेको छ ।   

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  १२ : १६ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न