अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि « Khabarhub

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि


२८ भदौ २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा जापानस्थित अन्तर्राष्ट्रिय नेपाली मञ्चको नेतृत्व टुंगो लगाएको छ । पार्टीको एसिया प्रदेश संगठन समितिको बैठकले प्रवासी संगठनको नयाँ नेतृत्व चयन गरेको हो ।

केही दिनअघि सम्पन्न बैठकले अन्तर्राष्ट्रिय नेपाली मञ्च, जापानको संयोजकमा पूर्वप्रवासी नेपाली एकता मञ्चका अध्यक्ष हरि लामिछाने र उपसंयोजकमा पूर्वनेपाली जनप्रगतिशील मञ्चका वरिष्ठ उपाध्यक्ष श्यामहरि पाण्डेलाई चयन गरेको छ।

लामिछाने तत्कालीन नेकपा एकीकृत समाजवादी र पाण्डे तत्कालीन नेकपा माओवादी केन्द्र सम्बद्ध थिए ।

पार्टी एकता प्रक्रियालाई प्रवासमा समेत व्यवस्थित बनाउने उद्देश्यले साविकका दुवै संगठनका राष्ट्रिय समितिलाई समायोजन गरी ‘एकता आयोजक समिति’ गठन गर्ने निर्णय बैठकले गरेको छ ।

बैठकले एसिया प्रदेशअन्तर्गत रहेका सबै देशमा आगामी अक्टोबरभित्र राष्ट्रिय अधिवेशन सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय अधिवेशनमार्फत संगठनलाई थप व्यवस्थित र एकीकृत बनाउँदै नयाँ नेतृत्व तथा सांगठनिक संरचना निर्माण गरिने पाण्डेले जानकारी दिए ।

नेकपाका एसिया प्रदेश संयोजक सनीकुमार ओलीका अनुसार प्रवासमा रहेका पार्टीसम्बद्ध संगठनबीचको एकतालाई संस्थागत गर्दै एसिया प्रदेशमा संगठन विस्तार र सुदृढीकरणलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय भएको छ ।

प्रकाशित मिति : २८ भदौ २०८३, आइतबार  १२ : २८ बजे

आज सोमबार, भगवान शिवको यसरी पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै