तीजको दरखाने खर्च बाढीपीडितलाई « Khabarhub

तीजको दरखाने खर्च बाढीपीडितलाई


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । पाँचखाल-३, ४, ५ र ६ का स्वयंसेविकाले यही भदौ १० गते रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु १५ हजार ५४५ सहयोग गरेका हुन् । 

बाढी प्रभावितका लागि केही राहत होस् भन्ने उद्देश्यले महिला स्वास्थ्य स्वयंसेविका ‘दिदीबैनी-समूह’द्वारा गरिने दरखाने कार्यक्रमबाट उक्त रकम छुट्याएर राहत कोषमा जम्मा गरिएको समूहको सदस्य सरस्वती भेटवालले बताइन् । 

यसैगरी, नमोबुद्ध नगरका महिलाहरूले गत साता यस वर्षको तीज विशेष कार्यक्रम नगरी बाढीपीडितको सहयोगका लागि रु ९१ हजार ३४५ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेका छन् । 

महिलाहरूले बाढी प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग गर्ने उद्देश्यले नगर महिला, बालबालिका तथा समाजकल्याण उपशाखाको नेतृत्वमा रकम जम्मा गरेका हुन् । नगरको महिला सञ्जालले तीजको खर्च कटाएर कोषमार्फत पीडितलाई सहयोग गर्ने निर्णय गरेको थियो ।

भोटेकोशी बाढीमा विभिन्न काम तथा भ्रमणका सिलसिलामा रहेका ३७ काभ्रेपलान्चोक नागरिक सम्पर्कविहीन अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार हालसम्म जिल्लाका ४७ बेपत्तामध्ये आठ जना परिवारको सम्पर्कमा आएका छन् भने दुई जनाको शव भेटिएको छ । 

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो मात्रामा जनधनको क्षति पुगेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार उक्त बाढीबाट हालसम्म एक हजार ३८५ को शव फेला परेको छ भने पाँच हजार १३० बेपत्ता भएका छन् । यस्तै, १३ हजार ६७६ को उद्धार गरिएको तथा सात हजार ६५५ जना घाइते भएको प्राधिकरणले जनाएको छ । 

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  ४ : ३० बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड